जसपा नेपालका नेता प्रकाश अधिकारीले संविधानमा व्यापक संशोधनको आवश्यकता औंल्याएका छन् । राप्रपा नेपालको एकता महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले विभेदहरुको अन्त्य नभएसम्म देशको विकास हुन नसक्ने बताए ।उनले देशमा जातीय, क्षेत्रीय, लैंगिक विभेदका मुद्दा उठिरहेको चर्चा गर्दै यस्ता विभेदले राष्ट्रियतालाई कमजोर बनाउने प्रस्ट पारे । राष्ट्रियता बलियो बनाउनका लागि यस्ता विभेद अन्त्य हुनुपर्नेमा जोड दिए । राप्रपाको जारी महाधिवेशनले यस्ता विभेद, समाजमा आवश्यक आमुल परिवर्तनका दिशामा आफूलाई अघि