नेतृत्व हस्तान्तरणको सवालमा नेकपा एमालेको दशौँ महाधिवेशन निरर्थक हुने भएको छ । केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण एमालेको दशौं महाधिवेशनलाई नेतृत्व परिवर्तनका दृष्टिले चासोरहित मानिएको छ । यद्यपि, ११ औं महाधिवेशनका लागि ओलीको उत्तराधिकारी को बन्न सक्छन् भन्नेबारे दशौं महाधिवेशनले प्रारम्भिक खाका भने तयार पार्ने देखिन्छ ।दशौं महाधिवेशनबाट एमालेमा अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ को होला भन्नेबारे लेखाजोखा हुन थालेको छ । दशौं महाधिवेशनमा महासचिव बन्न सफल