के राजनीतिमा आफ्नो र अर्काको हुँदैन

काठमाडौं, २५ असोज । माथवरसिंह थापाले शक्तिसंघर्षका क्रममा आफ्नै थापा खलककालाई समेत कारबाही गरेपछि जङ्गबहादुर राणाले सोधेछन्,‘मामा आफ्नै खलककालाई किन कारबाही गरेको ?’ माथवरसिंहले उत्तर दिएछन्,‘भाञ्जा राजनीतिमा आफ्नो र अर्काको हुँदैन ।’ नभन्दै आफ्नै मामाविरुद्ध षड्यन्त्र गरेर जङ्गबहादुरले शक्तिको भर्याङ बनाएको विषय इतिहासमा उल्लेख छ । २१औं शताब्दीको नेपाली राजनीतिमा आफ्नो र अर्काको नभनी चुनावी […]

सम्बन्धित सामग्री

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन– शेखर कोइराला

“आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ”, उनले भने, “सञ्चार माध्यमको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन– शेखर कोइराला

“आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ”, उनले भने, “सञ्चार माध्यमको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।”

राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने एमालेको तयारी

काठमाडौं, ७ असोज । नेकपा (एमाले) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनेगरि तयारी थालेको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सकिएपछि पार्टीको नेतृत्व तहमा नै फर्काउनुपर्ने बहस सिर्जना भएको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रुपमा चिनिएका नेता गोकुल बाँस्कोटाले पूर्व राष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानूनी व्यवस्था नभएको भन्दै राष्ट्रपति भण्डारी […]

कस्तो हुनुपर्छ अबको नेतृत्व ?

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ, जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन पुगेको छ । यसमा अर्को पुस्ताको हस्तक्षेपको आवश्यकता महसुस हुन थालेको छ ।नेतृत्व पुस्तान्तरणहामीले समय–समयमा राजनीतिमा पुस्तान्तरणको छलफल नसुनेका पनि होइ

कांग्रेसले लखेट्न थाल्यो भने एमालेसँग तालमेल गर्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका छन्। बिहीबार बुटवलमा प्रेस सेन्टरले गरेको  पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, ‘तत्काललाई त एमालेसँग गठबन्धनको सम्भावना छैन। तर, हुँदै हुँदैन भन्ने चाहिँ होइन।’ राजनीति खेल भएकाले असम्भव भन्ने कुरा केही नरहेको टिप्पणी गरे। प्रचण्डले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन। त्यसैले एमालेसँगको गठबन्धनबारे

शिक्षक कर्मचारीलाई राजनीति गर्न रोक

निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी रहेको पाइएमा पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउने चेतावनी दिएको छ । प्रमुख राजनीतिक दलहरूको विभिन्न तहमा अधिवेशनहरू भइरहेको र त्यसमा सरकारी सेवामा रहेका कर्मचारी, शिक्षक र प्राध्यापकहरू निर्वाचित भइरहेको अवस्थामा आयोगले यस्तो चेतावनी दिएको हो । कानूनी प्रावधानहरू मिचेर तथा पेशागत संगठनका नाममा सरकारी सेवामा रहेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुँदै आएका छन् । यसरी सरकारी सेवामा बसेर राजनीतिमा लाग्दा सरकारी सेवा प्रवाह प्रभावित हुने गरेको छ । सरकारी सेवामा रहेका व्यक्तिहरूले राजनीतिक दलका आडमा सेवा प्रवाहमै असर पारिरहेको र यही कारण राजनीतिक दलहरूमा विकृतिले प्रवेश पाइरहेको अवस्थामा आयोगबाट यस्तो चेतावनी आउनु निकै सकारात्मक रहेको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेको छ । यस्ता व्यक्तिहरूलाई राजनीति दलको सदस्य हुन पनि कानूनले रोक लगाएको छ । त्यसैगरी उनीहरूले राजनीति गर्न नपाउने व्यवस्था पनि कानूनहरूमा रहेको पाइन्छ । तर, यी प्रावधानहरू मिचेर तथा पेशागत संगठनका नाममा सरकारी सेवामा रहेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुँदै आएका छन् । यस्ता कर्मचारीहरूले विभिन्न तहका निर्वाचनमा राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नु परे मात्र राजीनामा दिने गरेको पाइन्छ । यसरी सरकारी सेवामा बसेर राजनीतिमा लाग्दा सरकारी सेवा प्रवाह प्रभावित हुने गरेको छ । सरकारी विद्यालयको कमजोर गुणस्तर हुनुको कारण नै त्यहाँ कार्यरत शिक्षकहरू पेशागत संगठनका नाममा राजनीतिक दलहरूको कार्यकर्ता वा नेता बन्नु हो । दलहरूले पनि यस्ता व्यक्तिहरूलाई नै विभिन्न नियुक्तिमा प्राथमिकता दिने गरेको पाइन्छ । दलहरूले आफूलाई बलियो बनाउन पेशागत संगठनहरूलाई समेत भ्रातृ संगठन बनाउने गरेको पाइन्छ । यसो गर्दा यस्ता कर्मचारी शिक्षक तथा प्राध्यापकले कामै नगर्ने र हाकीमहरूले पनि उनीहरूलाई कुनै कारबाही गर्न नसक्ने अवस्था छ । कुनै हाकीमले यसो गर्न आँटे उल्टै राजनीतिक दलको आडमा धम्की दिने समेत गरेको पाइन्छ । यो विकृति रोक्नका लागि नै विभिन्न ऐन कानूनले सरकारी कर्मचारीलाई राजनीति गर्न र दलहरूको सदस्यता लिन रोक लगाएको हो । यस्तो कानूनी प्रावधान छलेर राजनीतिक दलमा लागेका व्यक्तिहरूलो रोक्न निर्वाचन आयोगले देखाएको सक्रियता उपयुक्त छ । यसको परिणाम राम्रो हुन्छ । यसमा आयोग कडासँग लाग्नुपर्छ । वास्तवमा शिक्षक, विद्यार्थी, कर्मचारी कसैको पनि संगठन राजनीतिक दलको भ्रातृ संगठनका रूपमा हुन दिनु हुँदैन । आयोगले राजनीतिक दलहरूलाई यसबारे पनि स्पष्ट चेतावनी दिन सक्नुपर्छ । सर्वसाधारण नागरिकले पनि यस्तो गर्ने राजनीतिक दलको विरोध गर्नुपछ । साँच्चै भन्ने हो भने सरकारी जागीर खाने शिक्षक र कर्मचारीको संगठन नै हुनु हँदैन । विद्यार्थी संगठन पनि आवश्यक छैन । विद्यार्थी हकहितका लागि विद्यार्थी कल्याण समिति आदि बनाउन सकिन्छ । तर, भ्रातृ संगठन बनाउनु अनुचित नै हो । सरकारी कर्मचारीको संगठन त कुनै पनि हालतमा बनाउन दिनु हुुँदैन । सरकारी जागीर खाने शिक्षकहरूको संगठन पनि अनावश्यक छ किनभने उनीहरूको सेवा पूर्ण सुरक्षित छ । बरु निजीक्षेत्रमा काम गर्नेहरूको संगठन हुन सक्छ । कानूनले मात्रै व्यवस्था गरेर हुँदैन, अभियान नै चलाउनुपर्छ । यसो गर्न सके प्रशासन र शिक्षा र राजनीतिमा केही सुधार हुन्छ । यसका लागि इच्छाशक्ति चाहिन्छ तर केही समय भने लाग्छ । पञ्चायती शासनका बेलामा राजनीतिक चेतना फैलाउने जोगाउने काम यी संगठनले गरेका थिए । यसको पक्ष सकारात्मक भए पनि अहिले आएर यी समस्या बनेका छन् । अहिले राजनीतिक दलको शुद्धीकरणको आवश्यकता छ । यो एउटा कदम हो तर यतिले मात्रै पुग्दैन ।

नेता सुध्रिन नसक्नुमा हामी जनता नै दोषी

राजनीति सम्भावनाको खेल हो, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन यस्तै–यस्तै (जार्गन वर्ड र टर्मिनोलोजी) को वरिपरी घुमेको नेपालको राजनीति अझै बढी रहस्यमय बन्दै गएको छ। देशमा कानुन छ, विधि छ, विधान छ, पक्रिया हुन्छ र पद्धति हुन्छ सबै कुरा सिस्टममा हुन्छ भन्ने विश्वास नै गर्न सक्ने अवस्था छैन। राजनीतिक नेताको व्यवहार र कार्यशैलीका […]

राजनीतिमा पुस्तान्तरण : उमेर समूहको होइन, एजेण्डा र दृष्टिकोणको

समाजमा एउटा यस्तो पुस्ता जन्मँदैछ जसले राजनीति भन्ने शब्द सुन्नासाथ नाक खुम्च्याउँछ । यसलाई यसरी बुझ्न सकिन्छ कि समाजमा एउटा यस्तो पुस्ता आउँदैछ जसले यो समाजप्रति आफ्नो केही उत्तरदायित्व छ भनेर स्वीकार्दैन वा समाजका निम्ति देशका निमित्त जोखिम मोल्न तयार हुँदैन । राजनीति भनेको नीति अनुसारको राज हुनुपर्थ्यो तर जसको राज उसकै नीति जस्तो देखिन […]

अन्यौलतर्फ अग्रसर राजनीति : लोकतन्त्रको लगाम कस्ने कि ?

जीवनको तात्पर्य नबुझेको अर्थात् जन्मको अर्थ नबुझेको मान्छेसँग जिन्दगीको दैनिक र नियमित कार्यसूची हुँदैन । जसले आफ्नो जन्मको माने बुझ्छ, उसको सूत्रबद्ध क्यालेन्डर हुन्छ र उ त्यही अनुरूप चल्छ ।  लोभ र आशक्तिभन्दा माथि उठेको जीवन चरित्र हुन्छ । अक्सर यस्ता मान्छे सन्त वा दार्शनिक हुन्छन् । तर यस्तो उन्नत चेतना भएका कतिपय मान्छे राजनीतिमा पनि हुन्छन् । तिनैमध्ये कोही मण्डेला बन्छन्, कोही गान्धी र कोही बीपी । पिता पुर्खा, आफ्नो जातीय समुदाय वा आफैंले अरुबाट भोगेको प्रताडना वा उपेक्षाको पृष्ठभूमिमा पनि कतिपय पात्रहरू पैदा हुन्छन् र ती...