काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिएमा सर्बाेच्च अदालतले राजनीतिमा हात हालेको ठहरिने बताए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गरेका उनले रिट निवेदकले माग गरेअनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी हुन नसक्ने बताएका हुन् । ‘ राष्ट्रपतिको निर्णयमा न्यायलयले हात हाल्नु हुँदैन’ उनले भने ।