काठमाडौं : आज साउनको पहिलो सोमबार, हिन्दू धर्मावलम्बी नारीहरूले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिव मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन्। महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन छ। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ। त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेँलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पू