काठमाडौँ– सरकारले आगामी सोमबार परेको श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिने जानकारी दिएको हो । गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते सोमबार कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तो छ विज्ञप्ति