को हुन् धितोपत्र बोर्डका अध्यक्ष बनेका रमेश हमाल ? यस्तो छ उनको पृष्ठभूमि

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा नियुक्त रमेश हमालसँग यसअघि वित्तीय क्षेत्रमा २० वर्षसम्म सिनियर व्यवस्थापकको रूपमा काम गरेको अनुभव छ । उनी गैरआवासीय संघ थाइल्याण्डका पूर्वअध्यक्षसमेत हुन् ।

सम्बन्धित सामग्री

लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौता

काठमाडौं । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौता भएको छ । समझदारी पत्रमा बुधवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले हस्ताक्षर गरेका हुन् । नेपालमा नेपाल सस्टेनविलिटी रिपोर्टिङ स्ट्यान्डर्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समझदारीमा समावेश छ । नेपालको सन्दर्भमा एनएसआरएस नवीन अवधारणा हो, जसले व्यावसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ । एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सम्बन्धित प्राविधिक विषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ । जुलाई २०२३ मा इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसनले आइएसएसबीबाट जारी भएका आईएफआरएस एस १ र आईएफआरएस एस २ लाई समर्थन गर्दै सदस्यहरूलाई उक्त मानहरू लागू गर्न आह्वान गरेको छ । नेपाल धितोपत्र बोर्ड आओएससीओको एशाेसियट सदस्य रहेकाले सो मानहरू लागू गर्न प्रतिबद्धता जनाइएको छ । धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तरराष्ट्रिय रूपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा सदैव सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न प्रतिबद्ध रहेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्ड र नेप्सेका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले भने- सेयर बजारमा चलखेल भयो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका विषयमा नेपाल धितोपत्र बोर्ड (सेबन) अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरेका छन् । धितोपत्र बोर्ड अध्यक्ष रमेश हमाल र नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलेसँगको छलफलमा अर्थमन्त्रीले सेयर बजार सेटिङमा चल्ने गरेको गुनासो गरे । कसले सेयर बजारमा कति चलखेल गरेको छ भन्ने […]

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् । बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को - को छन् दौडमा ?

फागुन २, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष पदका लागि गठित सिफारिस समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा रमेश हमाल, दोस्रोमा डा गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेललाई सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये अव एक जनालाई अब मन्त्रिपरिषद बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।   सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।   यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

कात्तिक २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो।  यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। सोही समितिले १२ जना आवेदकबाट ३ जना नाम छनौट  गरी सरकारसमक्ष सिफारिस गर्नेछ।  समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति  गर्नेछ । मन्त्रालयका अनुसार  अध्यक्ष पदका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।  यसरी आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् । अध्यक्षका लागि अहिले उनीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । यो पनि हेर्नुस् : पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?