लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौता

काठमाडौं । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौता भएको छ । समझदारी पत्रमा बुधवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र लेखामान बोर्डका अध्यक्ष प्रकाशजंग थापाले हस्ताक्षर गरेका हुन् । नेपालमा नेपाल सस्टेनविलिटी रिपोर्टिङ स्ट्यान्डर्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समझदारीमा समावेश छ । नेपालको सन्दर्भमा एनएसआरएस नवीन अवधारणा हो, जसले व्यावसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ । एनएसआरएस विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ । लेखामान बोर्डले सम्बन्धित प्राविधिक विषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ । जुलाई २०२३ मा इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसनले आइएसएसबीबाट जारी भएका आईएफआरएस एस १ र आईएफआरएस एस २ लाई समर्थन गर्दै सदस्यहरूलाई उक्त मानहरू लागू गर्न आह्वान गरेको छ । नेपाल धितोपत्र बोर्ड आओएससीओको एशाेसियट सदस्य रहेकाले सो मानहरू लागू गर्न प्रतिबद्धता जनाइएको छ । धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तरराष्ट्रिय रूपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा सदैव सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न प्रतिबद्ध रहेको धितोपत्र बोर्डले जनाएको छ ।

सम्बन्धित सामग्री

लगानीकर्ता सचेतना बढाउन धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

पुँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । पुँजी बजारसम्बन्धी ज्ञान र अभिवृद्धिका लागि लगानीकर्ता...

नेपाल धितोपत्र बोर्ड कुन किसिमको निकाय हो ?

नेपालको धितोपत्र बजारको नियमन र सुधार तथा विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम स्थापित नेपाल सरकारको पुँजी बजारको नियमन निकाय नेपाल धितोपत्र...

निर्वाचन आयोगले सोध्यो धितोपत्र बोर्ड र बीमा समितिलाई स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड र बीमा समितिसँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न खोजेको भन्ने विवरण सार्वजनिक भएकाले आयोगले स्पष्ट पार्न भनेको हो। आयोगले आचारसंहिता विपरीत दीर्घकालीन असर पार्ने क्रियाकलाप र योजना अघि नबढाउन भनेको छ। यस्तो अवस्थामा धितोपत्र बोर्ड […]

नयाँ स्टक एक्सचेन्ज तत्काल नआउने

नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्ज खोल्नबाट तत्काललाई पछि हटेको छ । निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको स्वीकृति दिएर नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रतिस्पर्धी बनाउनबाट बोर्ड पछि हटेको हो । बोर्डमा नयाँ...

रमेशकुमार हमाल, अध्यक्ष,नेपाल धितोपत्र बोर्ड

The post रमेशकुमार हमाल, अध्यक्ष,नेपाल धितोपत्र बोर्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेबोनले भन्यो– सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्नू

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताहरूलाई सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न अनुरोध गरेको छ ।

दुई महिनादेखि धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, दैनिक कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) नेतृत्वविहीन भएको करिब दुई महिना बितिसक्दा पनि सरकारी निकायले कुनै चासो देखाउन सकेको छैन । नियामक नेतृत्वविहन हुँदा पुँजी बजारमा हुने पोलिसी निर्माणदेखि दैनिक...

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा जिसी

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी निर्वाचित भएका छन् । युनियनको छैठौं विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।वरिष्ठ उपाध्यक्षमा गौरव बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका […]