धितोपत्र बजार सुधारका लागि अर्थमन्त्रीले दिए धितोपत्र बोर्ड र नेप्सेका प्रमुखलाई ११ बुँदे निर्देशन

फागुन १८, काठमाडौं । अर्थ मन्त्रालयले बुधवार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई पूँजीबजार सुधारका लागि विभिन्न निर्देशन दिएको छ ।  अर्थ मन्त्रालयले खुल्ला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो । बुधवार अध्यक्ष हमाल र सीईओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पूँजीबजारका सुधाकार लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका हुन् । मन्त्री शर्माले खुला प्रतिस्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न पनि निर्देशन दिए ।   उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पूँजीबजारबाट आउने बातावरण सृजना गर्न पनि निर्देशन दिए । पूँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको पनि उनले बताए । सो अवसरमा अर्थमन्त्री शर्माले पूँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने बातावरण सृजना गर्नुपर्नेसमेत बताए । ‘जनतामा भएको पैसा पूँजीबजारमा त आयो । अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुप¥यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने बिषयमा तपाईहरू (धितोपत्र बोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पूँजीबजारको आवश्यकता हो ।’ साथै उनले पूँजीबजारमा राजनीति नगर्न पनि निर्देशन दिए । ‘पूँजी बजारमा राजनीति गर्नु हुँदैन । यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ’, उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन ।’ नयाँ नेतृत्वले मुलुकको पूँजीबजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे । उनले इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पूँजीबजारमा नदेखिन गरी काम गर्न निर्देशन दिए ।  ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टे«डिङ जस्ता विकृत कारोबारका बिषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’ उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’ उनले साना लगानीकर्ताको पूँजीबजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्ड बीच आपसी तालमेल गर्ने,शेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिएका छन् । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पूँजीबजारलाई सकारात्मक बाटोमा डोर्‍याउने विश्वास लिएको बताए । त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले शेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए । उनले अन्तरराष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको शेयर बजारलाई अगाडी बढाउन निर्देशन दिए ।धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले बित्तिय साक्षरताका क्षेत्रमा धेरै काम गरेर शेयर लगानीकर्ताहरूलाई सू - सुचित गर्ने बताए । उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाइ थियो । उक्त अवसरमा नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । अर्थमन्त्री जनादर्न शर्माले दिएको मुख्य ११ बुँदे निर्देशनहरू : १) कोभीड - १९ को महामारी बीच पूँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पूँजीबजारलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पूँजीबजार सञ्चालन भएको छ भन्ने अध्ययन गर्ने ।  २) पूँजीबजारबाट कसरी पूँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक  लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पुर्वाधार, उत्पादन, पूँजीबजार निर्माणका लागि पूँजीबजार संकलन गर्ने व्यवस्था मिलाउने । ३) २० कात्तिक २०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ । ४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पूँजीबजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरूको  लागी आवश्यक बजारको विकास गर्नुपर्छ । ५) सुचीकरणमा आउन नसकेका तथा आईपीओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको  शेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने । ६) अटोमेसन अक्सन शुरु गर्ने । अक्सन बजार लिलामीबाट शुरुमा विक्री हुन नसकेका शेयर र खरीदविक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरीद गर्न पाउने व्यवस्था मिलाउने । ७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेञ्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ वर्ष भयो । ८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमेरिकाको डाउजोन्स तथा नास्डाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने । ९) उत्पादनमूलक धेरै कम्पनीहरू शयर मार्केटभन्दा बाहिर रहेकाले शेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा ट्रेडेट फण्डको शुरुवात गर्ने ।  १०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रक्रिया अगाडी बढाउने । ११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर ट्रेडिङ रोक्ने । पूँजीबजार सम्बन्धी जनचेतना, पूँजीबजार साक्षरताको सञ्चालन, तालिम केन्द्रको स्थापना गर्ने ।    

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड नेतृत्व छनोट प्रक्रिया छिटो सक्न अर्थमन्त्रीको निर्देशन

१३ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्ड नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थ सचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् । ‘लामो समयसम्म धितोपत्र बोर्ड जस्तो नियामक निकाय नेतृत्वविहीन हुनु राम्रो होइन,’ मन्त्री […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन मागियो, यसअघिको आवेदन रद्द

काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले विहीबार एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

सरकारले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवेदन खोलेको छ ।पुँजी बजारको नियामक निकाय र बजारको पहिलो नियमनकारी दुवै नेतृत्वविहीन भएको करिब दुई महिनापछि बोर्ड अध्यक्ष र नेप्सेको सिइओ बन्नका लागि अर्थ मन्त्रालयले सूचना निकालेको हो ।सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा बोर्ड अध्यक्ष छनौट समित गठन गरेको […]

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले पदीय आचरणविपरित सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित सेयर कारोबार गरेको […]

धितोपत्र बोर्ड र नेप्सेको अनियमितता छानबिन गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका […]

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

४ भदौ, काठमाडौं । संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना […]

धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयको स्पष्टीकरण

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई स्पष्टीकरण सोधेको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुक बिल्डिङमार्फत साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सार्वजनिक भएसँगै मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बिहीबार बोर्डलाई […]