काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन्। आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २ मा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अहिलेको गठबन्धन लामो समयसम्म जाने बताएका हुन्।
'यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,'…
सुर्खेत : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन्। देशमा राजनीतिक परिवर्तन अनुकूल र आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन्।आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिका लागि गठबन्धनक
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन्। बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो । लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले […]
काठमाडौं : ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेससँगको सहकार्यमा थियो। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन र संयुक्त सरकारलाई भत्काएर ०७४ मंसिरमा भएको प्रदेश र संघीय निर्वाचनमा एमालेसँग वाम गठबन्धन मात्रै गरेनन् पार्टी नै एकता गरे। एमाले-माओवादी गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्यायो भने कांग्रेसलाई २३ सिटमा झारिदियो। एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बने। आलोपालो सरकार र स
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वाम गठबन्धन र पार्टी एकता गरेर समाजवादको सपना देखेपनि त्यो सपना तीन वर्ष नपुग्दै चकनाचुर भएको बताएका छन् । शुक्रबार काठमाडौमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको सपना देखेर केपी ओलीलाई नायकका रुपमा अघि सारेपनि उनले धोका र षडयन्त्रबाहेक केही नदिएको बताए ।निषेधको निषेधबाट अहिलेको सत्ता गठबन्धन जन्मिएको भन्दै उनले यस्तो गठबन्धन विकसित गठबन्धन रहेको दावी समेत गरे । ‘वाम गठबन्धन गरेर स्
अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।
काठमाडौं, १२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने उद्देश्यले यसअघि आफूहरुले वाम गठबन्धन गरेको स्पष्ट पारेका छन् । उनले भने,‘त्यही उद्देश्य बोकेर निर्वाचन पनि लडियो, र कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने पनि उद्देश्य राखिएको थियो । र, त्यसले चिवतन जिल्लाभरि र देशैभरि पनि सम्पूर्ण वामपन्थी र प्रगतिशिल र जनवादी […]
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरले गरेको कार्यक्रममा प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने प्रष्ट पारेका हुन् ।