वाम गठबन्धन तोडेर प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड - Naya Patrika

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरले गरेको कार्यक्रममा प्रचण्डले वाम गठबन्धन तोडेर प्रधानमन्त्री नहुने प्रष्ट पारेका हुन् ।

सम्बन्धित सामग्री

ओलीविरुद्धको गठबन्धनमा सत्ताधारी दलको सफलता

काठमाडौँ- संसद् विघटन गरेको, वाम गठबन्धन भत्काएको, स्थिरता दिन नसकेको आरोपसहित झण्डै एक वर्षअघि सत्ता गठबन्धन बन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति प्रतिशोध थियो । खासगरी एमालेसँग सहकार्य गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली व्यवहारका कारण धोका खाएर कांग्रेसको कित्तामा आएका थिए । आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा उनले एमालेसँगको गठबन्धन तोड्ने तयारी गर्दा […]

निर्वाचन पछि गठबन्धनकै सरकार : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र सम्बृद्धितर्फ केन्द्रित भएको बताएको छ । बुधबार गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताएका हुन् ।उनले भने “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो ।  देशभर नै

‘निर्वाचन पछि गठबन्धनकै सरकार’

ताप्लेजुङ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भने । उनले भने ‘दिगो […]

प्रधानमन्त्री देउवा विराटनगरमा

माेरङ- प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर आएका छन्। निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार बिहान विराटनगर आएका हुन्। आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको छ। भेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि […]

वाम गठबन्धन भाग–२ को संकेत

अमेरिकी सहयोग परियोजना एमसीसीले सत्ता गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्ने कित्तामा प्रष्टसँग उभिएका मात्रै छैनन्, उक्त कित्ताको नेतृत्व गरिरहेका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बाहिर एउटा र भित्र अर्कै कुरा छ ।एमालेबाट टुक्रिएर बनेको नेकपा एकिकृत समाजवादी एमसीसीको विरोधमा छ । यद्यपी, उ सरकारबाट बाहिरिने आँट गरिरहेको छैन । यस्तो अवस्थामा नेताहरुको दौडधूप बाक्लो हुँदै गएको छ । बिहिबार साँझ मात्रै प्रधानमन्त्री देउवा श्रीमती आरजुलाई लिएर एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । धर्मराउँदै सत्ता गठबन्धनकेपी शर्मा ओली वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छन् । त्यसकारण उनले विभिन्न समयमा विभिन्न अस्त्रको प्रयोग गरेकै हुन् । तर, हालसम्म उनी सफल भएका छैनन् ।तर, एमसीसी संसद टेबलपछि अनुमोदन गर्नुपर्छ भन्ने प्रधानमन्त्री देउवाको अडान र जनमत बिग्रने डरले सत्तामा हुँदाहुँदै पनि सडकमा आन्दोदन गर्ने प्रचण्ड–माधबको दोहोरो चरित्रले अहिले गठबन्धन धर्मराएको छ । काँग्रेसकै नेताहरु गठबन्धनको पक्षमा छैनन् । एमसीसी विवादले गठबन्धन तोडेर एक्लै चुनावमा जान काँग्रेसलाई सजिलो भएको छ । गठबन्धन हुँदा भाग लगाउनुपर्ने निर्वाचन क्षेत्रमा गठबन्धन नभएको अवस्थामा काँग्रेसले आफ्नै उम्मेदवार उठाउन सक्ने छ ।‘गठबन्धन चुनावसम्मै लैजाउ भन्ने हामीलाई छैन, अहिलेकै अवस्थामा माओवादी र माधब नेपालको पार्टीले हात झिके पनि हामीलाई गाह्रो छैन, त्यस्तो अवस्थामा प्रतिनिधिसभाकै (संसदमा अल्पमतमा परेको अवस्थामा संसद विघटन गरेर) निर्वाचन गर्नुपरेछ भनेपनि हामीलाई त झन सजिलो हुन्छ’ काँग्रेसका एक नेताले भने, ‘एमसीसीलाई कारण देखाएर सरकारबाट उनीहरु बाहिरिन्छन् भने पनि हाम्रो लागि त अवसरनै भयो, कम्तीमा चुनावमा भागबण्डा त गर्नुपरेन । अहिले नै गएभने हामीले धोका दिएको भन्ने सन्देश पनि जाँदैन । गए राम्रो ।’ वाम गठबन्धन भाग–२ को संकेतएमसीसी विवादले तत्कालिन नेकपाभित्रको शक्ति संघर्ष र अदालतको आदेशपछि एमाले माओवादी ब्यूँतिएको विषय अहिले सेलाएको छ । नेकपा एकता जोगाउन नसकेको भन्दै ओली र प्रचण्डमाथि खनिने जनमत बाक्लो थियो । तर, अब त्यसरी खनिनेहरु एमसीसीको मुद्दामा केन्द्रित भएका छन् ।करिब दुई तिहाई जनमत पाएर पनि ५ वर्ष एकल सरकार चलाएर जनअपेक्षा अनुसार विकास निर्माणका काम गर्न नसकेको भन्दै ओली र प्रचण्डलाई गाली गर्दा ओलीका समर्थकले प्रचण्ड–माधबलाई दोषी देखाउँथे भने प्रचण्ड–माधबका समर्थकले ओलीलाई दोषी देख्थे । तर, अहिले अवस्था फेरिएको छ । एमसीसीका कारण गाली खाने ठाउँमा काँग्रेस आईपुगेको छ ।तत्कालिन नेकपाको विभाजन ओझेलमा परेको अवस्था छ । केही दिन अघिको एक अन्तरवार्तामा माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग गठबन्धन हुन सक्ने जनाउ दिईसकेका छन् । अहिलेको सत्ता गठबन्धन टुटाउन सकेको अवस्थामा ओली पनि माओवादीसँग साझेदार गर्न अनिच्छुक देखिएका छैनन् । ‘माओवादी कुनैपनि हालतमा एक्लै चुनाव लड्ने मनस्थितीमा छैन । किनभने, माओवादीको अवस्था निकै कमजोर छ’ एकजना विश्लेषक भन्छन्, ‘काँग्रेसले हात छोड्ने वित्तिक्कै माओवादी पुग्ने भनेकै एमालेसँग हो, माधब नेपाल त कमजोरी स्वीकारेर एमालेमै फर्किन्छन् भन्ने लाग्छ । त्यसैले अहिलेको सत्ता गठबन्धन फुट्नासाथ अर्को वाम गठबन्धन भन्ने पक्का छ ।’ चुनावी तालमेल हुँदै एकतासम्म जानका लागि नेताहरुको दौडधुप पनि बाक्लिएको बुझाई उनको छ ।

वाम गठबन्धन र फाेरमकाे बैठक सुरु, भारतीय राजदूत पनि बालुवाटारमा

काठमाडौं :  सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीचको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच बुधबार सहमति जुट्न नसकेपछि बैठक बिहीबार&...

​अब वाम गठबन्धन रहने छैन : प्रचण्ड

रौतहट, फागुन १३ – माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अब वाम गठबन्धन नरहने बताउनुभएको छ ।...

वाम गठबन्धन बाहिरबाट प्रधानमन्त्री हुन्नँः प्रचण्ड

१९ पुस, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् । कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा प्रचण्डले भने, …

वाम गठबन्धन बाहिरबाट प्रधानमन्त्री हुन्नँः प्रचण्ड

१९ पुस, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् । कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा प्रचण्डले भने, …