काठमाडौं : ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र कांग्रेससँगको सहकार्यमा थियो। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन र संयुक्त सरकारलाई भत्काएर ०७४ मंसिरमा भएको प्रदेश र संघीय निर्वाचनमा एमालेसँग वाम गठबन्धन मात्रै गरेनन् पार्टी नै एकता गरे। एमाले-माओवादी गठबन्धनले झण्डै दुई तिहाइ बहुमत ल्यायो भने कांग्रेसलाई २३ सिटमा झारिदियो। एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष बने। आलोपालो सरकार र स