नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा वाम गठबन्धन र पार्टी एकता गरेर समाजवादको सपना देखेपनि त्यो सपना तीन वर्ष नपुग्दै चकनाचुर भएको बताएका छन् । शुक्रबार काठमाडौमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको सपना देखेर केपी ओलीलाई नायकका रुपमा अघि सारेपनि उनले धोका र षडयन्त्रबाहेक केही नदिएको बताए ।निषेधको निषेधबाट अहिलेको सत्ता गठबन्धन जन्मिएको भन्दै उनले यस्तो गठबन्धन विकसित गठबन्धन रहेको दावी समेत गरे । ‘वाम गठबन्धन गरेर स्