काठमाडौं : अमेरिकी एक शिक्षिकाले विमानमा उडिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि शौचालयमै ५ घण्टा बिताएको बताएकी छन्।मारिसा फोसियो, डिसेम्बर २० मा शिकागोबाट आइसल्याण्ड उडान भर्दै थिइन्। सो क्रममा उनलाई घाँटी दुखेको महसुस भयो। उनीसँग र्यापिड टेस्ट किट थियो, त्यसैले उनले त्यही समयमा आफ्नो कोरोना परीक्षण गरिन् र नतिजा पोजेटिभ आयो।त्यसपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र शौचालयमा बसेर बाँकी यात्रा पूरा गरिन्। यस क्रममा विमान परिचरले उनलाई खाना र पेय पदार्थ दिए।मारिसाले भ