काठमाण्डाै – संयुक्त राज्य अमेरिकाको शिकागो राज्यमा उडिरहेको विमानभित्र एक अमेरिकी शिक्षकमा कोरोना पुष्टि भएपछि यात्रा अवधिभर शौचालयमा एक्लिएर बसेको घटना सार्वजनिक भएको छ । ती महिलाले उडानका बेला गरिएको परीक्षणमा आफूलाई कोभिड–१९ पुष्टि भएपछि विमानको शौचालयमा पाँच घण्टा बसेको बताएकी छिन् । शिकागोबाट आइसल्यान्डका लागि उडेको विमानमा यात्रा अवधिभर ती महिला स्वेच्छिक रूपमा शौचालयमा आइसोलेशनमा बसेकी हुन् । अमेरिकी राज्य मिशिगनकी एक महिला शिक्षिका मरिसा फोटियोले गएको डिसेम्बर २० मा विमानमा यात्रा गरिरहँदा ...