भारतको राजधानी नयाँ दिल्लीबाट बेलायतको लन्डनका लागि उडेको एअर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा विमान दिल्ली नै फर्किएको छ ।समाचार एजेन्सी एएनआईले एअर इन्डियाका अधिकारीलाई उद्धृत गर्दै लन्डन उडेको केहीबेरमा विमान फर्काइएको बताएको छ । झगडाको कारण भने खुलेको छैन ।विमानमा सवार यात्रुको अभद्र व्यवहारका कारण उडान भरेको केही समयपछि नै दिल्ली फर्काउनु परेको एअर इन्डियाका अधिकारीले बताएका छन् । झगडाका क्रममा चालक दलका दुई सदस्यलाई चोटसमेत लागेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।घटनाबारे दिल्ली प्रहर...
एजेन्सी । उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ। दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो। मृतक नाइजिरियाका नागरिक भएको बताइएको छ। विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले […]
एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली जाने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो । गत नोभेम्बरमा भएको घटनाबारे …
एजेन्सी, २७ कात्तिक । अमेरिकाको डलासमा एयर शोका क्रममा दोस्रो विश्वयुद्धका २ वटा विमान ठोक्किएका छन् । वायुसेनाका अनुसार दुवै विमानमा ६ जना सवार थिए । सबैको मृत्यु भएको छ । तर, अधिकारीहरूले यसको पुष्टि गर्न भने बाँकी नै छ । घटना शनिबार दिउँसो १ः२० बजे भएको थियो । दुवै विमान ठोक्किएको भिडियो सामाजिक सञ्जालमा […]
एजेन्सी, ९ असार । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार विमान अवतरण गर्ने क्रममा आगलागी भएको छ । दुर्घटना हुँदा विमानमा १२६ जना थिए । सौभाग्यवश, कुनै मानवीय क्षति भएन, यद्यपि तीन जना सामान्य घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । मिडिया रिपोर्टका अनुसार, साँझ ५.३० बजे (अमेरिकी समय) विमानको ल्यान्डिङ गियर फुटेर […]
९ असार, काठमाडौं । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एक विमानमा आगो लागेको छ । आगलागी भएको विमानमा १२६ यात्रु सवार थिए । समयमै उद्दार भएकाले विमानमा आगलागी भए पनि तीन यात्रु सामान्य घाइते हुँदै बाँकी सबै यात्रु सुरक्षित रहे । मंगलबार अमेरिकी समयअनुसार साँझ साढे पाँच बजे विमान अवतरणको क्रममा ल्याण्डिङ गियर भाँचिएको […]
एजेन्सी, ५ असार । बिहारको राजधानी पटनामा आइतबार विमानको आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो । बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो । पटनाका डीएमले विमानका सबै यात्रु सकुशल […]
नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना भएको छ। नेटोको प्रशिक्षणका क्रममा शुक्रवार दुर्घटनाग्रस्त भएको चार जना सवार विमानमा ‘ठूलो क्षति’ भएको अधिकारीहरूले जनाएका छन्।
‘एमभी-२२बी ओस्प्रे’ विमान अमेरिकी सेनाको एक एकाईको जिम्मामा थियो। ‘विमानमा शुक्रवार उत्तरी नर्वेको नोर्डल्याण्ड काउन्टीमा प्रशिक्षण अभियानको लागि चार जनाको चालक दल थियो,’ नर्वेको सशस्त्र बलले भनेको…
फ्लाई दुबईको विमानमा चरा ठोक्किन पुगेको छ । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एफजेड–५७४ को विमानमा चरा ठोक्किन पुगेको हो ।
जहाजको बायाँ पङ्खामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
आजै नेपालगन्जमा पनि जनावरमा सीता एयरलाइन्सको जहाज ठक्कर खान पुगेको थियो । दुबै घटनाबाट कुनै अप्रिय क्षति भने भएन ।
काठमाडौँ। अफगानिस्तानकी एक महिलाले अमेरिकी एयर फोर्सको उद्धार उडानको क्रममा बच्चालाई जन्म दिएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् । आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको बिबिसीले जनाएको छ । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप […]