कोरोना अस्पतालमा अक्सिजन सिलिन्डर पुर्‍याउन आधा घण्टा ढिलो गर्दा ५ संक्रमितको मृत्यु

कोरोना विशेष अस्पताल बुटवलमा अक्सिजन सकिएर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  अक्सिजनको सहायतामा उपचार भइरहेका ती संक्रमितलाई दिइरहेको अक्सिजन सकिएपछि अक्सिजन लिन नपाएर मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अक्सिजन सकिएको सूचना गर्दा पनि समयमा अक्सिजन अस्पताल पुग्न नसक्दा शय्यामा रहेका संक्रमितलाई आधा घण्टा अक्सिजन दिन नसकिएको लुम्बिनी अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।  मृत्यु हुनेमा बुटवल उपमहानगरका ४ जना र नवलपरासीका १ जना छन् । मृत्यु हुनेमा बुटवल–११ का २९ वर्षीय पुरुष, वडा नम्ब...

सम्बन्धित सामग्री

अक्सिजन सिलिन्डर बुझाउन सरकारको उर्दी

सरकारले कसैसँग अक्सिजन सिलिन्डर भएमा नजिकैको अस्पताल वा स्थानीय प्रशासनमा बुझाउन अनुरोध गरेको छ । मुख्यसचिवको अध्यक्षतामा बिहीबार बसेको बैठकले चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न, भएका सिलिन्डर नजिकैको अस्पतालमा प्रशासनमा बुझाउन आग्रह गरेको हो ।  कोभिड १९ को महामारीमा संक्रमितको उपचारमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेको छ भने यसैको अभावमा कतिपय संक्रमितको मृत्यु भएको समाचार सार्वजनिक हुँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

कोटाभन्दा बढी आपूर्ति गरेको उद्योगीको दाबी

अस्पतालमा संक्रमितका लागि अक्सिजन अभाव भएर कोरोना संक्रमितको मृत्यु हुने दर बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोटा प्रणाली लागू गरेर अस्पताललाई दैनिक आपूर्ति गर्न निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका ११२ अस्पताललाई तोकिएअनुसार अक्सिजन सिलिन्डर आपूर्ति गर्न ९ वटा कम्पनीलाई निर्देशन दिइएको छ ।निर्देशनअनुसार सोमबार र मंगलबार १० हजार ५१२ वटा ठूला […]

अक्सिजनबिनाको एम्बुलेन्समा राखेर अस्पताल खोज्दा खोज्दै संक्रमितको मृत्यु

झापा : कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै झापामा अक्सिजनको अभावमा देखिन थालिसकिएको छ। अक्सिजन अभावकै कारण भद्रपुरमा एक जना कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका छन्। संक्रमित बिरामीका लागि भद्रपुर नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा अक्सिजन सिलिन्डर नहुँदा भद्रपुर ४ मन्त्री बस्ती निवासी ४८ वर्षीय अनुप राजवंशीको मृत्यु भएको हो।मेची कोभिड उपचार केन्द्र भद्रपुरमा मंगलबार बेलुका साढे ४ उनको मृत्यु हो। एक साताअघि संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए। मंगलबार बिहान १० बजे एक्कासि

ओमनबाट ६ सय अक्सिजन सिलिन्डर आउँदै

गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बलो संघले सिलिन्डर पठाउने भएको हो ।

अक्सिजन सिलिन्डिरको कालोबजारी

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ । विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ । सिलिन्डरको अभाव बढेपछि कालोबजारी […]

इराकको अस्पतालमा आगलागी हुँदा २३ संक्रमितको मृत्यु

बग्दाद । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । राजधानी बग्दादस्थित इब्न खातिब अस्पतालमा आगो लाग्दा २३ कोरोना संक्रमितको मृत्यु भएको छ भने अन्य दर्जनौँ घाइते भएका छन् । अस्पतालमा रहेको अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेका १२० बिरामीमध्ये ९० जनाको...