रौतहटको एक कपडा पसलमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु, जलेर तीन जना घाइते

रौतहट, मंसिर ८ । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। जलेर तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको […]

सम्बन्धित सामग्री

टोकियोको १२ तले भवनमा आगलागी हुँदा ११ जना घाइते

टोकियोको सिन्जुकु क्षेत्रमा बिहीबार १२ तले भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन् । टोकियो फायर डिपार्टमेन्टले बेलुका ४:२० बजेपछि घटनाको जानकारी प्राप्त गरेको बताएको छ। स्थानीय समय अनुसार निशी-शिन्जुकु सबवे स्टेशन नजिकैको व्यस्त व्यावसायिक र किनमेल क्षेत्रमा रहेको १२ तले भवनमा दिँउसो आगलागी भएको थियो। आगलागीबाट तेस्रो र चौथो तल्लाको करिब ५० वर्ग …

कालीकाेट : सालझारी वनमा आगलागी हुँदा एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

कालीकोट – कालीकाेटकाे नरहरिनाथ गाउँपालिका ८ मा पर्ने सालझारी सामुदायिक वनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिवार वनमा काठ काट्न गएका १२ जनामध्ये तीन जना आगलागीमा परेर जलेका हुन् । ज्यान गुमाउनेमा खाँडाचक्र नगरपालिका २ का ५५ वर्षीय जयलाल विक रहेका छन् । त्यस्तै घाइते हुनेमा नरहरिनाथ–८ का ४७ वर्षीय अदाने विष्ट र ३२ वर्षीय धिरेन्द्र विष्ट रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयाे ।  आगलागीबाट घाइते भएका अदाने वि...

पूर्वी चीनको निर्माण स्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।...

धोविघाटस्थित कवाडी ग्यारेजमा आगलागी हुँदा, ३ जना घाइते

बुधबार दिउँसो धोबिघाट रिङरोडबाहिर रहेको एक कवाडी ग्यारेजमा एक्कासी आगलागी हुँदा ३ जना घाइते भएका छन्।...

लखनउको एक होटलमा आगलागी हुँदा दुई जनाको ज्यान गयाे, दश जना घाइते

भारतकाे उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् । होटलमा धेरै मानिस फसेका आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी छ ।  यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुग...

डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ को मृत्यु, सय जना घाइते

ढाका, ९ पुस: बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् । ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका […]

ग्यास सिलिण्डर फेर्ने क्रममा आगलागी हुँदा झापामा तीन जना घाइते

२७ भदौ, झापा । खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा झापाको अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई आगलागी भएको हो । आगलागीमा परी ४२ वर्षीय […]

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा […]

खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा रुकुम पश्चिममा नौ जना घाइते

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ बागबजारमा रहेको एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएका छन् ।  बागबजारका उदिराम केसीको घरमा डेरा गरी बस्ने आठबीसकोट नगरपालिका २ का प्रजित ओलीको कोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते हुनेहरुमा ३९ वर्षीय प्रजित ओली, आठबीसकोट नगरपालिका २ का १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३ का १२ वर्षीय प्रचण्ड खनाल, ११ वर्षीय प्रकाश खनाल छन् । यसैगरी त्यही ठाउ...