डुङ्गामा आगलागी हुँदा कम्तिमा २७ को मृत्यु, सय जना घाइते

ढाका, ९ पुस: बङ्गलादेशको राजधानी ढाकाबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको झलोकाटी जिल्लाको एउटा नदीमा शुक्रबार बिहान (फेरी) डुङ्गामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने अन्य १०० जना घाइते भएका छन् । ढाकाबाट दक्षिणी बङ्गलादेशको बरगुना जिल्लामा करिब १,००० मानिस बोकेको उक्त डुङ्गा आगलागी भएको झलोकाटी जिल्लाका अधिकारी मोहम्मद नजमुल आलमले बताएका […]

सम्बन्धित सामग्री

कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको एक होटलमा आगलागी, १० जनाको मृत्यु

बैंकक। कम्बोडिया–थाइल्याण्ड सीमामा रहेको होटल क्यासिनो ग्राण्ड डायमण्ड सिटीमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। यो होटल कम्बोडिया र थाइल्याण्डको सीमामा रहेको सहर पोइपेटमा रहेको छ। आगलागी हुँदा होटलमा ४ सय जना रहेको स्थानीय प्रहरीले जनाएको छ। आगलागी हुँदा मानिसहरु माथिल्लो तलाबाट हाम्फालेका थिए। दर्जनौं घाइतेहरुको थाइल्याण्डको अस्पतालहरुमा उपचार भइरहेको छ।

इराकको कोभिड अस्पतालमा भीषण आगलागी, ८२ जनाको मृत्यु

काठमाडाैं : इराकको बग्दादस्थित कोरोना भाइरसका बिरामी उपचाररत अस्पतालमा आगलागी हुँदा ८२ जनाको मृत्यु भएको छ।बग्दादको आइविन खातिब अस्पतालमा भएको सो आगलागीमा १ सय जना भन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ। अक्सिजन ट्याङक विस्फोटबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।प्रधानमन्त्री मुस्ताफा अल कादिमीले यो घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको सत्य तथ्य जाँच गरिने बताए। इराकमा १० लाख २५ हजार जनामा संक्रमण देखिएको छ। यहाँ १५ हजार २ सयभन्दा बढीको ज्यान गइसकेको छ।