विराटनगरमा नेपाल मगर समितिद्वारा नौमती बाजा प्रशिक्षण

मोरङ – कला–संस्कृति संरक्षणका लागि नेपाल मगर विराटनगर महानगर समितिले ३१ दिने नौमती बाजा प्रशिक्षण सुरु गरेको छ। बुधबार विराटनगरको वडा नम्बर १० मा प्रशिक्षणसँगै मगर बाजा तथा संस्कृति संरक्षण समारोहको उद्घाटन गर्दै मेयर नागेश कोइरालाले संस्कृति संरक्षण सबैको दायित्व भएको बताए। कार्यक्रममा मेयर कोइरालाले भाषा, कला र संस्कृति पाश्चात्य संस्कृतिको अतिक्रमणमा परिरहेको बताए। मौलिक […]

सम्बन्धित सामग्री

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

बागलुङ : बागलुङका महिलाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन  एक महिने तालिम लिएका हुन्।हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्।विवाह, व्रतबन्धलगायत अन्य सामाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले ब

नौमती बाजा बजाउँदै महिला समूह

गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिंड्छिन्।...

नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका

बागलुङ- पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङ नगरपालिकामा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ । बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा […]

पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो । बाजापार्क पहिलो पटक देखेको र बाजा समेत …

पढाइसँगै नौमती बाजा बजाउन सिकाइँदै

तनहुँ– व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् ।  विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही सङ्ख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन् […]

ओझेल पर्दै नौमती बाजा, संरक्षणमा जुट्यो गाउँपालिका

बागलुङ : कुनै पनि चाडपर्व, विवाह तथा शुभ कार्य गर्दा बाजा नबज्ने बागलुङका कुनै पनि घर हुँदैनथे। जहाँ शुभ कार्य हुन्थ्यो, त्यहाँ नौमती बाजाको बज्थे। तर, पछिल्लो समय ठूला–ठूला विद्युतीय स्पिकर प्रचलन आएपछि नौमती बाजा ओझेलमा पर्ने चिन्ता बढेको छ।बागलुङको पहिचानको रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि स्थानीय सरकार नै यसको संरक्षणमा जुटेका छन्।पुस्ता हस्तान्तरण अभाव, नौमती बाजाप्रति युवाहरूले चासो नदिँदा र युवाहरू विदेश पलायन भएका कारण पनि बागलुङमा नौमती ब

नौमती बाजा संरक्षणमा युवाको सक्रियता

बागलुङ : नौमती बाजाका लागि चर्चित बागलुङका धेरै गाउँमध्ये सिगानाको लामिचौर एक हो। बागलुङमा युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरणको अभावमा नौमती बाजा बिस्तारै लोप हुने अवस्थामा छ। दलित समुदायको संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको त्यति चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको सन्दर्भमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड बन्दै गएको छ।पाँच वर्षअघि बागलुङको चैते दशैं मेलामा आयोजना गरिएको नौमती बाजा प्रतियोगितामा अब्ब

नौमती बाजा संरक्षणमा युवा सक्रिय

गलकोट, २६ जेठ । नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । बागलुङमा युवा पुस्ताको बेवास्ताका कारण नौमती बाजा विस्तारै लोप हुने अवस्थामा छ । संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह […]

नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ , घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १५ लाख र स्थानीय जनश्रमबाट रु एक लाख गरी रु १६ लाखको लागतमा सो पार्क निर्माण गरिएको हो । तस्बिरः हरि बाँस्तोला÷रासस

नयाँ पुस्तालाई परम्परागत नौमती बाजा हस्तान्तरण

दाङ – परम्परागत बाजा नयाँ पुस्तासम्म पुर्‍याउन दाङको देउखुरीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो । वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय नौमती ...