दाङ – परम्परागत बाजा नयाँ पुस्तासम्म पुर्याउन दाङको देउखुरीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो ।
वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।
दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय नौमती ...