बागलुङ : बागलुङका महिलाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एक महिने तालिम लिएका हुन्।हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्।विवाह, व्रतबन्धलगायत अन्य सामाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उनले ब