बागलुङ : नौमती बाजाका लागि चर्चित बागलुङका धेरै गाउँमध्ये सिगानाको लामिचौर एक हो। बागलुङमा युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरणको अभावमा नौमती बाजा बिस्तारै लोप हुने अवस्थामा छ। दलित समुदायको संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको त्यति चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको सन्दर्भमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड बन्दै गएको छ।पाँच वर्षअघि बागलुङको चैते दशैं मेलामा आयोजना गरिएको नौमती बाजा प्रतियोगितामा अब्ब