बागलुङ : कुनै पनि चाडपर्व, विवाह तथा शुभ कार्य गर्दा बाजा नबज्ने बागलुङका कुनै पनि घर हुँदैनथे। जहाँ शुभ कार्य हुन्थ्यो, त्यहाँ नौमती बाजाको बज्थे। तर, पछिल्लो समय ठूला–ठूला विद्युतीय स्पिकर प्रचलन आएपछि नौमती बाजा ओझेलमा पर्ने चिन्ता बढेको छ।बागलुङको पहिचानको रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि स्थानीय सरकार नै यसको संरक्षणमा जुटेका छन्।पुस्ता हस्तान्तरण अभाव, नौमती बाजाप्रति युवाहरूले चासो नदिँदा र युवाहरू विदेश पलायन भएका कारण पनि बागलुङमा नौमती ब