काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट सार्वजनिक गरेको छ। शुक्रबार नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन्। नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन्। यो कुल बजेटको २० प्रतिशत हो।त्यसैगरी, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।