वीरगञ्ज : आगामी आर्थिक वर्षका लागि वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको छ। ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारा सहित वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको हो।शुक्रबार वीरगञ्जको नगर सभागृहमा भएको महानगरको ११ औं नगरसभामा वीरगञ्ज महानगरका उपप्रमुख इम्तयिाज आलमले बजेट प्रस्तुत गरे। उनले सो क्रममा प्रस्तुत गरेको बजेटको चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हज