बेलायतले भन्यो- पुटिन युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहन्छन्

एजेन्सी, ९ माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको नेतृत्वमा रुस समर्थकलाई ल्याउन चाहेको बेलायतले आरोप लगाएको छ। बेलायतको विदेश मन्त्रालयले युक्रेनका पूर्वसांसद येवेन मुरायेवलाई रुसको तर्फबाट युक्रेनको नेतृत्व (राष्ट्रपति) का लागि अघि सारिने सम्भावित उम्मेदवारका रुपमा उल्लेख गरेको जनाइएको छ। मुरायेव रुसका समर्थक मानिन्छन्। रुसले युक्रेनसँगको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको छ। […]

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धमा चिनियाँ शान्ति प्रस्ताव सफल होला ?

काठमाडौं। रुस–युक्रेन युद्धको १३ महिनापछि युद्ध अन्त्यका लागि छलफल भयो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच शान्तिका स्थापनाबारे छलफल भएको हो। चीनले गत महिना रुस र युक्रेनबीच जारी युद्ध रोक्न १२ बुँदे शान्ति प्रस्ताव अघि सारेको थियो। चीनद्वारा अगाडि सारिएको उक्त प्रस्तावमा शत्रुता बन्द गर्दै शान्ति वार्ता गर्नेलगायतका बुँदाहरु समावेश छन्।

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएका छन् । उनी पहिला अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनलाई दुबै देशमा राष्ट्रपतिले स्वागत गर्ने जनाइएको छ ।रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्ने भएका छन् । महासचिव गुटेर्रेसका सहायक प्रवक्ता एरि कानेकोले दुवै जनासँग वार्ताका लागि उनी मस्को जान लागेको पुष्टि गरेका छ

रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो । रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए । विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए । “हो बेलारुसका राष्ट्रपति भोलि मस्

रुस-युक्रेन विवादबारे पुटिन र बाइडेनबीच करिब १ घण्टा फोनवार्ता

एजेन्सी, १ फागुन। रुस युक्रेन तनाव भैरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन वार्ता गरेका छन् । युद्ध हुन नदिन दुई नेताबीच हिजो (शनिबार) करिब १ घण्टा टेलिफोनमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ। कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको […]

पुटिन र सीबीच वार्ता हुँदै

२९ मंसिर, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार वार्ता हुँदैछ । पश्चिमी मुलुकसँग रुस र चीनको तनाव बढिरहेका बेला दुबै नेताले भर्चुअल वार्ता गर्न लागेका हुन् । रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार हुने भर्चुअल वार्तामा अमेरिका र नेटोको ‘आक्रामक’ अभिव्यक्तिबारे कुराकानी हुने बताए । ‘अन्तर्राष्ट्रिय अवस्था र खासगरी […]

पुटिन कुनै समय ट्याक्सी चलाउँथे

एजेन्सी, २७ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै समय ट्याक्सी चलाउँथे । आवश्यकता परिपूर्तिका लागि उनले विगतमा ट्याक्सी चलाउने गरेको खुलासा गरेका छन् । सोभियत संघको विघटनपछि रुस चरम आर्थिक संकटमा परेको थियो । रोजगारीका अवसरहरु बन्द भएका थिए । त्यतिबेला आफ्नो आवश्यकता पूर्ति गर्न पुटिनले ट्याक्सी चलाउन थालेको रुसी समाचार एजेन्सी आरआइए नोभोस्टीलाई […]

रुसका राष्ट्रपति पुटिन आज भारत आइपुग्ने

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउने भएका छन्।   भारत—रुस वार्षिक सम्मेलनमा सहभागी पुटिन भारत आउन लागेका हुन्। उनलाई भारतीय प्रधानमन्त्री मोदीले विमानस्थलमा स्वागत गर्ने छन्। राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने छ। उनीहरूका बीचमा सन् २०१९ पछि पहिलोपटक भेटवार्ता हुने भएको हो।  यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको