रुस र युक्रेन युद्ध कृष्ण सागर वरपर केन्द्रीत, २०० वर्षदेखि नियन्त्रणमा राख्ने रुसी प्रयासमा पुटिन सफल होलान् ?रुस र युक्रेनबीच जमिन र आकासको युद्धपछि अब युद्ध समुद्रसम्म पुगेको छ। रुसले कृष्ण सागरमा आफ्नो नियन्त्रण कायम गर्नको लागि युक्रेनका तीन ठूला शहर मरियोपोल, ओडेसा र खार्किवमाथि आक्रमण तीव्र बनाउन थालेको छ। उता युक्रेनले पनि ‘कृष्ण सागर’ किनारका तीन शहरमा रुसी सेनाविरुद्ध प्रत्याक्रमणको लागि सम्पूर्ण तागत केन्द्रीत गर्न सुरु गरेको छ। रुसले आईतबार विहानसम्म मोरियोपोलला