पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न रुस र फ्रान्स सहमत, पुटिन भेट्न बाइडेन इच्छुक

रुस र फ्रान्स पूर्वी युक्रेनमा युद्धविरामका लागि काम गर्न सहमत भएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोबीचको टेलिफोन वार्तामा यस्तो सहमति भएको हो । वार्तामा दुबै नेताहरुबीच पूर्वी युक्रेनमा बिग्रँदै गएको संकटको कूटनीतिक समाधानको खोजीलाई तिव्र गतिमा लैजानुपर्ने आवश्यकताबारे छलफल भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । यसैबीच, युक्रेनको तनाव घटनाउन अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई जुनसुकै बेला भेट्न चाह

सम्बन्धित सामग्री

पुटिनले दिए चेतावनी– युक्रेन नेटोमा समावेश भएमा आणविक युद्ध अवश्यम्भावी

युक्रेनका विषयमा रुस र पश्चिमी सैन्य गठबन्धन नेटोबीचे तनाव चलिरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् ।  युक्रेन नेटोको सदस्य बनेमा आणविक युद्ध हुने चेतावनी उनले दिएका हुन् । यसबैची रुसले पोल्यान्ड सीमा नजिक बेलारुसमा आणविक हतियार लैजान सक्षम मिग–३१ विमानहरू तैनाथ गरेको छ ।  पुटिन र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंबीचको कुराकानीमा युक्रेन सम्झौता भएको कुरा पनि रुसले खण्डन गरेको छ ।  फ्रान्सले पुटिनसँगको कुरामा युक्रेनका विषयमा छुट प्राप्त गरेको भनी दाबी गरेको अवस्थाम...