नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहे वर्तमान सत्ता गठबन्धन ढल्न एकहप्ता पनि नलाग्ने बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘हामीले चाह्यौ भने गठबन्धन ढल्न एक हप्ता पनि लाग्दैन । एक हप्तामा त ढल्छ ढल्छ’, ओलीको भनाइ छ । उनले वैशाख ३० मा गठबन्धनको ढाड भाँचिने पनि बताए । साथै उनले यो कुरा आफुले नभनेर ज्योतिषीहरूले नै घोषणा गरेको बताए । ‘मैले भनेको मेरो कुरा होइन, मैले ज्योतिषीहरूले भनेको कुरा गरेक