गँगटादेखि अक्टोपससम्ममा बाहिरियो १ अर्ब

एक वर्षको अवधिमा नेपालबाट ‘सी फूड’ आयातमै १ अर्ब ३५ करोड ७३ लाख रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार ‘समुन्द्री खान्की’मा अर्बौ रुपैयाँ बाहिरिएको हो ।आयात हुनेमा प्रसान्त महासागरमा मात्रै पाइने सलमान माछादेखि ट्राउट माछा, जिउँदा माछा, साल्मोनिडे माछा लगायतका छन् । यस्तै, आयात हुनेमा एन्चोभिस प्रजातिका माछादेखि माक्केरेल प्रजातिका माछासम्म रहेको विभागले जनाएको छ ।यसका साथै, माछाको फ्रोजन मासु, क्याटफिस, क्र्य

सम्बन्धित सामग्री

सस्तैमा सेयर सल्टाएर एनसेलबाट बाहिरियो आजियाटा

काठमाडौँ – एनसेलमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर मलेसियाको टेलिकम कम्पनी आजिआटा नेपालबाट बाहिरिएको छ। आजिआटाले आफ्नो स्वामित्वको ८० प्रतिशत शेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बेचेर नेपालबाट बाहिरिएको हो। उसले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेको हो। आजिआटा कम्पनीले सन् २०१६ मा १ अर्ब ३६ करोड अमेरिकी डलरमा एनसेलको शेयर […]

चार वर्षमा डलर कार्डबाट बाहिरियो दुई अर्ब

गएको चार वर्षमा डलर कार्डमार्फत नेपालबाट करिब २ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापतको अनलाइन भुक्तानीका लागि ०७७ चैतदेखि गत असारसम्म डलर कार्डबाट मात्र १ करोड ३९ लाख ६५ हजार अमेरिकी डलर (१ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ) मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।

९ महिनामा १२ खर्बभन्दा बढी बाहिरियो, निर्यातमा छैन सुधार

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा (साउन-चैत) १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ वस्तु आयातमा बाहिरिएको छ । गत वर्ष यसै अवधिमा १४ खर्ब बढी बाहिरिएको थियो । भन्सार विभागद्वारा हालै सार्वजनिक गरिएको विवरणअनुसार गत वर्षको तुलनामा १८.०८ प्रतिशतले आयात घटेको हो । विभागको तथ्यांक अनुसार गत महिनाको (फागुन) तुलनामा चैतमा १ खर्ब […]

‘डेरी प्रडक्ट’ आयातमा ५ वर्षमा ११ अर्ब बाहिरियो

नेपालीहरूले डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा मात्रै वार्षिक अढाई अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाउने गरेका छन् । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा वर्षेनी न्युनतम १ अर्ब ८० करोडदेखि २ अर्ब  ६०

विश्वका ३९ देशबाट नेपाल भित्रिन्छ स्याम्पो, १ अर्ब १२ करोड बाहिरियो

नेपालमा विश्वका ३९ वटा देशबाट स्याम्पो भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकबाट नेपालमा स्याम्पो भित्रिने गरेको हो ।गत आर्थिक वर्ष २०७८÷७९ मा स्याम्पो आयातमा मात्रै १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ महिनाको अवधिमा उक्त मूल्य बराबरको स्याम्पो नेपाल भित्रिएको हो ।जसमध्ये, दक्षिण छिमेकी मुलुकबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको

आँप र अम्बामा बाहिरियो ७२ करोड

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ७२ करोडको आँप र अम्बा भित्रिएको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५२ हजार ६२९ किलो आँप र अम्बा आयात गरिएको हो । जसबापत विभागले ६ करोड ९६ लाख १८ हजार रुपैयाँ राजश्व उठाएको छ । आँपको मुख्य सिजन असारको तथ्यांक आउन बाँकी रहेकाले यस आर्थिक वर्ष १ अर्ब बढीको आँप आयात हुने अनुमान छ ।