गएको चार वर्षमा डलर कार्डमार्फत नेपालबाट करिब २ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेशबाट आयातित विभिन्न वस्तु तथा सेवाबापतको अनलाइन भुक्तानीका लागि ०७७ चैतदेखि गत असारसम्म डलर कार्डबाट मात्र १ करोड ३९ लाख ६५ हजार अमेरिकी डलर (१ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ) मुलुकबाट बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।