भौतिक मन्त्रालयद्वारा अनियन्त्रित खर्च प्रयास

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुुकुमारी यादवले आर्थिक मितव्ययिताविपरीत विभिन्न योजनाका लागि ३ अर्ब रुपैयाँभन्दा बढी रकमान्तर गराउने प्रयास गरेकी छन् । मन्त्री यादवकै निर्देशनअनुसार भौतिक मन्त्रालयले ३ अर्बभन्दा बढी बजेटका आयोजना रकमान्तरका लागि अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ । अर्थले भने भौतिक मन्त्रालयले माग गरेअनुसार रकमान्तर गर्न नसकिने जवाफ दिइसकेको छ । तर, […] The post भौतिक मन्त्रालयद्वारा अनियन्त्रित खर्च प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कांग्रेस-एमालेलाई चुनाैती : सुध्रिने कि सकिने ?

राजनीति कुनै भौतिक वस्तु होइन । यो गुमनाम बनाउने वा बाकसमा ताला लगाएर राख्ने पनि हैन । केवल अरूको विरोध मात्रै गरेर जन्मिएका महानगरदेखि टोलबस्तीसम्मका प्रतिनिधिहरू अनियन्त्रित रूपमा अझै झाँगिनेछन्, कोठा कुनामा रहेका हुन् या सदनमा रहेकाहरू ।

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै आयोगले गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।  आयोगले  सो घटनालाई लिएर बिहीवार मन्त्री यादवलाई आयोगमै बोलाएर जानकारी लिएको बताएको छ । जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्ष...

बाढी प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले आज पोखरा महानगरपालिका– ३२ का विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण भएको क्षतिलगायतका विषयमा मन्त्री […]

बुद्ध धर्ममा व्यावहारिक ज्ञान

वैज्ञानिक प्रविधिको विकास सँगसँगै मानिस अहिले पृथ्वीको एक कुनामा बसेर अर्काे कुनामा रहेका आफन्तसँग आँखा जुधाउँदै वार्तालाप गर्न सक्ने भएको छ । घरमै बसीबसी संसार देख्नसक्ने भएको छ । विकसित प्रविधिकै कारण हरेक क्षेत्रमा मानिसको जीवन आधुनिक बन्दै सहज, सरल र भौतिक सुखसयलमा व्यतित हुन थालेको छ । तर पनि मानिसहरू सुखको अनभूति गर्न सकिरहेका छैनन् । मनमा उत्पन्न हुने विभिन्न किसिमका ईच्छा, आकाङ्क्षा र तृष्णाको भुमरीले जीवन अनियन्त्रित भई बेलगाम हुने गरेको छ । मानसिक तनावले मानिस कष्टकर जीवन बिताउन वाध्य भइरहेको छ । क्षणिक सुखमा रमाउने र क्षणिक दुःखमै जीवनलाई धरापमा पार्ने विषम स्वभाव मानिसको जीवनमा दुःखको कारण बन्दै गइरहेको छ । यस्तो अवस्थामा मानिसले सुख, शान्तिले जीवन कसरी बिताउने ? यो चिन्ताको विषय भइरहेको छ ।

सीसीएमसीद्वारा कडाइ गर्न सिफारिश

काठमाडौं । आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले प्रमुख शहरहरूमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी लागू गर्नसक्ने निर्णय गर्ने अधिकार दिन मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा बन्दाबन्दी गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । भौतिक रूपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरू अर्काे सूचना नआउन्जेलसम्मका लागि स्थगन गरिएको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीले भारतसँगका सीमा नाकाहरूबाट विदेशी नागरिकहरूलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिश गरेको छ । भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सीमा नाकाहरूमा कडाइ गर्नुपर्ने आवाज उठ्दै आएपछि उक्त सिफारिश गरिएको हो । सीमा नाकामा नेपालीहरूको आवागमन रोक्ने निर्णय भने नभएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । सीसीएमसीको प्रस्तावलाई मन्त्रीपरिषद्ले स्वीकृत गरेमा सीमा नाकाबाट भारतीयहरू नेपाल पस्न पाउने छैनन् । यो निर्णयले नेपालमा मालवस्तुको आयात निर्यातलाई भने प्रभाव नपार्ने सरकारी अधिकारीहरूको दाबी छ । आकस्मिकबाहेकका अन्य सेवा बन्द संक्रमितको संख्या बढेसँगै सरकारी कार्यालयहरूले आकस्मिक बाहेकका अन्य सेवा दिन छाडेका छन् । काठमाडौं उपत्यकाका तीनओटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा १ साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् । आइतवार बसेको काठमाडौं, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूको संयुक्त बैठकले कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेकका सेवा १ साताका लागि बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘सोमवारदेखि नै लागू हुनेगरी १ साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो,’ उनको भनाइ छ । स्थिति बिग्रन लागेको प्रधानमन्त्रीलाई रिपोर्टिङ संक्रमितको गति उच्च गतिमा बढ्दै गएको र अस्पतालहरूले धान्नै नसक्ने अवस्था आउन लागेको सरकारी मन्त्रीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्टिङ गरेका छन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्थिति भयावहतर्फ उन्मुख हुन लागेकोबारे समेत पार्टीभित्र गम्भीर छलफल भएको बताए । बैठकमा सहभागी ज्ञवालीका अनुसार नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्नेछ । उनका अनुसार सीसीएसी बैठकमा भएका निष्कर्षहरूका बारेमा समेत पार्टी बैठकमा छलफल भएको थियो । ‘हामीसँग जे अवस्था छ, अहिलेको स्थितिलाई त धान्छ । तर, समस्या यही रूपमा अगाडि बढ्दै गयो भनेचाहिँ हामीलाई कठिन पर्न सक्छ,’ उनले भने । पार्टीको बैठकमा कोरोना महामारीविरुद्धको अभियानमा परिचालित हुन पनि प्रधानमन्त्री ओलीले सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको उनको भनाइ छ । रकमान्तर गरेर भए पनि नागरिकको ज्यान बचाऊ कोरोना भयावह हुन थालेको निष्कर्ष निकाल्दै सांसद्हरूले बजेट रकमान्तर गरेर भए पनि कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरे । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरीब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उनको भनाइ थियो । नेकपा माओवादी केन्द्रका सांसद महेश्वरजंग गहतराजले तराईका जिल्लाहरूमा भयावह स्थिति आइसकेकोतर्फ संकेत गरे । सीमावर्ती जिल्लाका स्वास्थ्यकर्मीहरूले हात उठाइसकेको भन्दै सरकारलाई आफैले गरेका निर्णयहरू कत्तिको कार्यान्वयन गरिरहेको छ भन्ने सम्बन्धमा जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने बताए । यस्तै कोभिडलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने उनको माग थियो । जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहायप्रसाद यादवले कोभिड रोकथाम तथा नियन्त्रणमा सरकारले लापरबाही गरिरहेको आरोप लगाए । सरकार आफैले विभिन्न मेला गर्ने, भीडभाड गर्ने, उद्घाटनको नाउँमा भीड गराउने गरेको यादवको टिप्पणी छ । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सरकारको मातहतमा रहेको अक्सिजन प्लान्टहरूलाई मर्मत गरेर सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा भएको अक्सिजन विदेश पठाउने र अक्सिजन सिलिन्डर किन्नका लागि भन्दै व्यवसायीलाई सहुलियत दिने कुरा उठिरहेको औंल्याए ।

सहर बजारमा भिडभाड बढ्यो

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् । भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन …

https://www.onlinekhabar.com/2020/05/866046

कोरोना भाइरसको नकारात्मक असरलाई एकातिर छाड्ने हो भने अर्को पाटो निकै लाभदायक देखिएको छ, खासगरी प्रकृति र पर्यावरणमा। अनियन्त्रित रुपमा बढ्दै गएको भौतिक गतिविधि ठप्प हुँदा विश्वकै आकाश सफा, स्वच्छ भएको छ । धर्तीले विश्राम …

सडक सम्पत्ति, सडक दुर्घटना र यसको प्रयोग गर्ने तरिका- २

यातायात आयातमा असन्तुलन : नेपालमा यातायातका साधनहरूको आयात अनियन्त्रित र असन्तुलित हुनु सडक दुर्घटनाको कारण हो । धेरै सवारी साधन दर्ता भएको छ । हाल देशमा करिब २० लाखभन्दा धेरै सवारी साधन रहेको छ । नेपाल भित्रिएका सवारीमध्ये बस सर्वसाधारणको सेवामा बढी उपयोगी छ, जसले धेरै सर्वसाधारणलाई सेवा दिन सक्ने साधन हो । तर, बसको संख्या अरू सवारी साधनको तुलनामा कम नै रहेको छ । तर निजी प्रयोजनका साधनमा मोटरसाइकल अति धेरै रहेको छ त्यस्तै कार, जिप र भ्यान पनि तीव्र रूपमा बढ्न पुगेको छ । जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यावहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरू थोरै आयातले यात्रुहरूले कोचिएर यात्रा गर्नुपर्ने अवस्था भयो ।