राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको छ ।
बिहीवार एक विज्ञप्ति जारी गर्दै आयोगले गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगले सो घटनालाई लिएर बिहीवार मन्त्री यादवलाई आयोगमै बोलाएर जानकारी लिएको बताएको छ ।
जानकारी लिने क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्ष...