यातायात आयातमा असन्तुलन : नेपालमा यातायातका साधनहरूको आयात अनियन्त्रित र असन्तुलित हुनु सडक दुर्घटनाको कारण हो । धेरै सवारी साधन दर्ता भएको छ ।
हाल देशमा करिब २० लाखभन्दा धेरै सवारी साधन रहेको छ । नेपाल भित्रिएका सवारीमध्ये बस सर्वसाधारणको सेवामा बढी उपयोगी छ, जसले धेरै सर्वसाधारणलाई सेवा दिन सक्ने साधन हो । तर, बसको संख्या अरू सवारी साधनको तुलनामा कम नै रहेको छ । तर निजी प्रयोजनका साधनमा मोटरसाइकल अति धेरै रहेको छ त्यस्तै कार, जिप र भ्यान पनि तीव्र रूपमा बढ्न पुगेको छ । जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यावहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरू थोरै आयातले यात्रुहरूले कोचिएर यात्रा गर्नुपर्ने अवस्था भयो ।