८ महीनामा एकपल्ट मात्रै क्लिंकर आयात

काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।   क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने । संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ । पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ । आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ । ‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ । २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।

सम्बन्धित सामग्री

११ महिनामा सवा तीन अर्बको क्लिंकर आयात

मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस्तै, तयारी सिमेन्टको आयात पनि उल्लेख्य बढेको छ ।विभागका अनुसार चालू आवको जेठसम्ममा चार करोड २२ लाख ७१ हजार किलो क्लिंकर आयात भइसकेको छ । जसको भन्सार मूल्यांकन तीन अर्ब २० करोड २८ लाख छ र यसबाट एक अर्ब ५९ करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व प्राप्

नेपालका चुनढुंगा खानी बन्द, आत्मनिर्भर उन्मुख क्लिंकर आयात तीन गुणाले बढ्यो

कोभिड-१९ का कारणले नेपालका चुनढुंगा खानी बन्द हुँदा भारतबाट क्लिंकरको आयात ह्वात्तै बढेको छ । वैशाखसम्म मासिक

१० महिनामा २३ अर्बको सिमेन्ट र क्लिंकर आयात

मुलुक सिमेन्टमा आत्मनिर्भरोन्मुख भएको दाबी गरिए पनि पछिल्लो १० महिनामै २३ अर्ब ८८ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिंकर आयात भएको छ ।

‘डर्टी कार्गो साइडिङ’ बन्दले घटेन क्लिंकर आयात - Naya Patrika

७ महिनामै साढे १३ अर्बको क्लिंकर भित्रियो, लागत बढेको व्यवसायीको गुनासो नेपालले प्रयोग गर्दै आएको भारतको रक्सौलस्थित ‘डर्टी कार्गो साइडिङ’ बन्द हुँदा क्लिंकर आयात प्रभावित भएको व्यवसायीहरूले गुनासो गर्दै आएका...पूरा पढ्नुहोस् »

क्लिंकर अवरोधको निकास तीन महिनामा पनि निस्किएन

तीन महिनादेखि भारतबाट क्लिंकर आयात ठप्प भएपछि वीरगन्ज–पथलैया करिडोरका सिमेन्ट उद्योग नराम्ररी थलिएका छन्।

६ महिनामा १० अर्ब ६३ करोडको क्लिंकर आयात

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकमा १० अर्ब ६३ करोडभन्दा धेरै मूल्यको क्लिंकर आयात भएको छ । रक्सौल भन्सार नाकाबाट क्लिंकर आयातमा भारतले अवरोध गरेको भनिरहँदा यसको आयातमा कमी आएको देखिँदैन।

रक्सौल नाकाबाट क्लिंकर आयात समस्या यथावत् - Naya Patrika

नेपाली पक्ष गम्भीर नभएको सिमेन्ट उद्योगीको आरोप भारतीय रेल्वे निगमले रक्सौल यार्डमा क्लिंकर लोड अनलोड गर्न रोक लगाएपछि नेपालका सिमेन्ट उद्योगीहरू समस्यामा परेका छन् । रेलमार्गबाट क्लिंकर आयात बन्द भएपछि...पूरा पढ्नुहोस् »

क्लिंकर आयात समस्या जटिल बन्दै

सिमेन्ट उद्योगको कच्चापदार्थ ढुवानीमा देखिएको समस्या जटिल बन्दै गएको छ । नेपाली उद्योगीहरूले रक्सौल र्‍याकबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन रोक लागेपछि समस्या उत्पन्न भएको हो । रक्सौलका स्थानीयले प्रदूषण भएको भन्दै विरोध गरेपछि २२ डिसेम्बरबाट

क्लिंकरमा भारतमाथिको निर्भरता झनै बढ्यो

सिमेन्ट उत्पादन गर्ने मुख्य कच्चापदार्थ क्लिंकरमा आत्मनिर्भर नहुँदा बर्सेनि ठूलो रकम भारत गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा मात्रै वीरगन्ज नाकाबाट ३ अर्ब रुपैयाँभन्दा बढीको क्लिंकर आयात भएको छ ।

क्लिंकर आयात १ सय ४५ प्रतिशतले बढ्यो - Naya Patrika

वर्षदिनमै २० अर्ब ३४ करोडको क्लिंकर आयात, सिमेन्टको घट्यो – अघिल्ला दुई वर्ष भूकम्प र नाकाबन्दीका कारण रोकिएका निर्माणका गतिविधिले तीव्रता पाएपछि नेपालमा सिमेन्टको खपत अत्यधिक रूपमा बढेको छ ।...पूरा पढ्नुहोस् »