काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ ।
भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।
क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् ।
नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने ।
संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ ।
पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ ।
आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ ।
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ ।
‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ ।
२०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।
मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी गरिए पनि चालू आर्थिक वर्षमा तयारी सिमेन्ट तथा स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिंकरको आयात बढेको छ । भन्सार विभागका अनुसार जेठ मसान्तसम्म तीन अर्ब २० करोड रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस्तै, तयारी सिमेन्टको आयात पनि उल्लेख्य बढेको छ ।विभागका अनुसार चालू आवको जेठसम्ममा चार करोड २२ लाख ७१ हजार किलो क्लिंकर आयात भइसकेको छ । जसको भन्सार मूल्यांकन तीन अर्ब २० करोड २८ लाख छ र यसबाट एक अर्ब ५९ करोड ४१ लाख रुपैयाँ बराबरको राजस्व प्राप्
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ≈वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले कम क्षमतामा उत्पादन गरिरहेका छन् ।
डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०÷१२ घण्टा उत्पादन थालेका छन् । उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनतर्पm त्यति ध्यान पु¥याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए । ‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’
हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् । खानी उद्योग बन्द हुँदा क्लिंकर आयात हुने सम्भावना देखिएको थापाले बताए ।
अहिले प्रत्येक सिमेन्ट उद्योगमा भएका सिलिन्डरहरू पनि सम्बद्ध निकायलाई सहयोग गर्न सर्कुलर नै जारी गरिएको उनको भनाइ छ । यसैगरी डन्डी उद्योगहरू पनि धेरैजसो बन्द भएको स्रोतको दाबी छ । यी उद्योगमा अक्सिजन सिलिन्डर चाहिन्छन् । तर, कोभिडका बिरामीहरूका लागि अत्यावश्यक भएकाले उद्योगहरूले अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
पञ्चकन्या ग्रूपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले कामदारहरूलाई उद्योगभित्र नै खाना र वासको व्यवस्था गरी केही मात्रामा भए पनि उद्योग सञ्चालन गरिएको बताए । ‘उद्योग बन्द गरेर भएन, कर्मचारीहरूलाई पारिश्रमिक दिनैप¥यो,’ श्रेष्ठले भने, ‘साविकको जस्तो पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको छैन ।’ अहिले केही माग भए तापनि सप्लाइ गर्न अप्ठ्यारो भएको उनको भनाइ छ । डन्डी उद्योगमा भएका अक्सिजन सिलिन्डरहरू कोभिडका बिरामीको उपचारका लागि उपलब्ध गराएको उनले जानकारी दिए । उनले भने, ‘उद्योगको उत्पादन कम होला । तर, मानिसको ज्यान जोगाउन अहिले सबैको सहकार्य र सहयोगको खाँचो छ ।’
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल ग्रील तथा स्टीलजन्य वस्तुहरूको उत्पादन १५ देखि २० प्रतिशत मात्रै हुन थालेको बताए । अहिलेको अवस्थाले व्यवसायीहरू समेत हच्किएको भन्दै अत्यावश्यक उत्पादनबाहेक अन्यको अवस्था कमजोर नै भएको बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघकोे वस्तुगत उपाध्यक्षसमेत रहेका कटुवालले कृषि, पशुपक्षीजन्य, डेरी तथा अत्यावश्यक खाद्यान्न तथा अन्य सामग्रीबाहेकका उद्योगहरू सामान्यतया बन्द हुने क्रम शुरू भएको उल्लेख गरे । ‘अहिले स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ,’ उनले भने, ‘अहिले हस्तकलाका सामग्रीहरू बनाउन पनि कच्चा पदार्थको स्टक सकिएको अवस्था छ ।’
मुलुक सिमेन्टमा आत्मनिर्भर भएको दावी गरिए पनि चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा भने सिमेन्ट तथा क्लिंकर आयात ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा ५२ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट भित्रिएको छ । यो तथ्यांक अघिल्लो वर्षको साउन महिनाको तुलनामा ८४.३ प्रतिशतले बढी हो ।राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको […]
भारतको रक्सोलवासीको अवरोधपछि स्थानीय सरकारले लगाएको प्रतिबन्धका कारण सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा उत्पन्न अवरोध यथावत रहँदा स्वदेशी सिमेन्ट उद्योगहरूको लागत बढेको छ । डेढ महिनादेखि उक्त नाकाबाट क्लिंकरको लोड अनलोड हुन सकेको छैन भने भारतीय पक्षले रेलमार्गबाट ल्याउन गरेको वैकल्पिक प्रस्ताव नेपाली पक्षले अझै स्वीकार गरेको छैन ।
सिमेन्ट उत्पादक कम्पनीहरूले वैकल्पिक बाटो प्रयोग गरेर क्लिंकर आयात गर्न बाध्य भएका छन् ।
नेपाली पक्ष गम्भीर नभएको सिमेन्ट उद्योगीको आरोप भारतीय रेल्वे निगमले रक्सौल यार्डमा क्लिंकर लोड अनलोड गर्न रोक लगाएपछि नेपालका सिमेन्ट उद्योगीहरू समस्यामा परेका छन् । रेलमार्गबाट क्लिंकर आयात बन्द भएपछि...पूरा पढ्नुहोस् »
२२ पुस, काठमाडौं । भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै सिमेन्ट र छडको मूल्यमा भारी वृद्धि गरिएको छ ।
वीरगञ्ज नाकाबाट क्लिंकर आयात गर्न समस्या भएपछि सिमेन्टमा बोरा ३० देखि सय रुपैयाँभन्दा बढी मूल्य बढाइएको छ भने छड पनि किलोकै ८ देखि १० रुपैयाँ महंगो भएको …
सिमेन्ट उद्योगको कच्चापदार्थ ढुवानीमा देखिएको समस्या जटिल बन्दै गएको छ । नेपाली उद्योगीहरूले रक्सौल र्याकबाट क्लिङकरलगायत कच्चापदार्थ ल्याउन रोक लागेपछि समस्या उत्पन्न भएको हो । रक्सौलका स्थानीयले प्रदूषण भएको भन्दै विरोध गरेपछि २२ डिसेम्बरबाट
सिमेन्ट उत्पादन गर्ने मुख्य कच्चापदार्थ क्लिंकरमा आत्मनिर्भर नहुँदा बर्सेनि ठूलो रकम भारत गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा मात्रै वीरगन्ज नाकाबाट ३ अर्ब रुपैयाँभन्दा बढीको क्लिंकर आयात भएको छ ।