नेपालका इंटाभट्टा व्यवसायीले गुड ब्रिक्स सिस्टम अपनाउँदै, पोल्नु नपर्ने हुँदा वातावरण मैत्री हुने

फागुन १६, काठमाडौं ।   दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसिएसआरले वातावारण मैत्री इंटा बनाउने प्रविधि विस्तार गर्ने भएको छ । यसकालागि  कम्पनीले जे. बी. इको ब्रिक्स नेपालसँग  सम्झौता गरेको छ । भक्तपुर, मकवानपुर र धादिङमा रहेका इंटा भट्टाबाट जे. बी. इको ब्रिक्सले हाल वार्षिक ५ करोड इंटा उत्पादन गर्दै आएको छ । कम्पनीले पोलेर परम्परागत प्रविधिबाट इंटा उत्पादन गर्दै आएको थियो । नयाँ प्रविधी प्रयोग स‌गै पोल्नुपर्ने झन्झट नहुने, जनशक्तिपनि कम लाग्ने  तथा लागत समेत घट्ने छ । ‘जनशक्ति र कोइला अभाव भएपछि मैले इंटा उत्पादनको लागि विकल्प खोजिरहेको थिएँ, सोहिक्रममा गुड ब्रिक्स सिस्टम फेला पारे, जुन प्रविधिले पोल्नु नपर्ने गरि इंटा उत्पादन गर्दछ’, जे. बी. इको ब्रिक्सका संचालक कृष्णमान भुजुले भने, ‘यसले नेपालमा देखिएको गुणस्तरीय इंटाको अभाव हटाउने छ भने नयाँ प्रविधिले इंटा उत्पादन प्रक्रियालाई सरल बनाउनुको साथै इंटाको गुणस्तर पनि बढाउँछ।’ नयाँ प्रविधिसँग काम गर्न तत्पर  रहेको बताउँदै इन्नोसिएसआर र जे. बी. इको ब्रिक्सको सहकार्यले नेपालको इंटा उत्पादन उद्योगमा नयाँ आयाम आउने विश्वास समेत लिए । ‘कोइलाको मूल्य निरन्तर बढ्दै जाँदा र जनशक्ति समेत अभाव हुँदा नेपालको इंटा  उत्पादन उद्योगलाई समस्या भईरहेको छ । गुड ब्रिक्स सिस्टमले यसको समाधान दिदै वातावरण मैत्री प्रविधिबाट गुड सोइल स्टेबलाइजर प्रयोग गरि गुणस्तरीय ईंट्टा  उत्पादन गर्नेछ, कम्पनीको विज्ञप्तीमा उल्लेख छ। इन्नोसिएसआरले तयार पारेको गुड सोइल स्टेबलाइजर एउटा केमिकल हो, जसले अन्तरराष्ट्रिय स्तरको मापदण्ड पुरा हुने गरि इंटामा माटो र सिमेन्टको पकड बनाउन काम गर्छ । यस प्रविधिमार्फत हाइड्रोलिक मसिनको प्रयोग बाट उद्योग भित्रनै रहि हरेक सिजन इंटा उत्पादन गर्न सकिन्छ, यसले हरेक ईंट्टा मा समान गुणस्तर कायम हुन्छ ।  यस प्रविधिमा परम्परागत इंटा  उत्पादनको तुलनामा १० प्रतिशत जनशक्ति र १० प्रतिशत मात्र जमिन आवश्यक पर्छ भने इंटालाई पोल्नु पनि नपर्ने बताईन्छ । इन्नोसिएसआरका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक साम युन्सुक लिका अनुसार गुड ब्रिक उत्पादन प्रविधि नेपालका इंटा उत्पादकहरु माझ लोकप्रिय छ ।  उनका अनुसार यस प्रविधिलेइंटा उत्पादन उद्योगमा देखिएका समस्या समाधान गर्नुका साथै अन्य थुप्रै फाइदा हुने व्यवसायीको विश्वास रहेको छ।  उत्पादकलाई धेरै आम्दानी दिएको, ग्राहकलाई गुणस्तरीय इंटा उपलब्ध भएको तथा देशले स्वच्छ हावा पाएको छ ।  इन्नोसिएसआर प्रभावमुखी प्रविधिको शुरुवात गर्ने एक सामग्री प्रविधि फर्म हो ।  

सम्बन्धित सामग्री

मैत्री सहकारीको नयाँ नेतृत्वमा गौतम

गुल्मीको तम्घासस्थित मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रुरु क्षेत्र गाउँपालिका– ४ का शंकरप्रसाद गौतम सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको २२औं साधारणसभाबाट नयाँ नेतृत्वमा गौतम निर्वाचित भएका हुन्। संस्थाको उपाध्यक्षमा खुमानन्द...

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

नयाँ दिल्ली : नेपाल भारत मैत्री संगठनले दोस्रो अन्तरराष्ट्रिय नेपाल भारत मैत्री साँस्कृतिक संगमको लोगो सार्वजनिक गरेको छ।नेपाल भारत मैत्री संगठनका अन्तरराष्ट्रिय अध्यक्ष अनुपकुमार सिंहले दिल्लीमा शुक्रवार कार्यक्रमबीच लोगो सार्वजनिक गरेका हुन्।लोगो सार्वजनिक गर्दै अध्यक्ष सिंहले वृन्दावन कार्यक्रमले नेपाल र भारतका जनताबीचको सम्बन्ध अझ समधुर बनाउन मद्दत पुग्ने बताए। लोगोमा दुवै देशको झण्डासहित 'देश वेश भाषा अनेक फिर भी संस्कृति एक' भन्ने नारा उल्लेख गरिएको छ। साथै लोगोमा भगवान श्रीकृ

मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै

भादगाउँ, १९ साउन । मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको […]

विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर...

विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता: पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ। साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो। मैत्री पाठशालाले एक स्वर...

विद्यालय खेल मैत्री हुनुपर्छ : मन्त्री गहतराज

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायीक विद्यालय खेल मैत्री हुनुपर्ने बताएका छन्। बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री गहतराजले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेल मैत्री हुनुपर्ने बताए।सामुदायीक विद्यालयले खेलकुदको विकासका लागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै गहतराजले भने, ‘हाम्रा प्राय सबै समुदायीक विद्यालयहरु खेल मैत्री छन्। संस्थागत भन्दा सामुदायीक विद्यालय

नेपालमा पहिलो पटक वातावरण मैत्री ईटा उत्पादन

गोर्खाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ। गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो।...

वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालियो

सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।

महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्री खेल खेल्ने

दुबै खेल काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । मैत्री खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने भएको छ ।

वन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु मैत्री संरचनामा जोड

—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ असार: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको छ । वन्यजन्तु र मानवबीच हुने द्वन्द्व एवं दुर्घटनामा कमी ल्याउनका लागि निकुञ्जले ‘वन्यजन्तु मैत्री’ संरचना निर्माणमा जोड दिन थालेको हो । निकुञ्ज भएर जाने महाकाली तेश्रो चरणको नहरमा वन्यजन्तु मैत्री संरचना बनाइएका छन् । निकुञ्जले […]