वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालियो

सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।

सम्बन्धित सामग्री

सेनिटरी प्याड पाएपछि छात्रा खुशी भन्छन्– नियमित विद्यालय आउँछौं

देउखुरी । घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुशी हुँदै भनिन्, ‘अब नियमित विद्यालय आउँछु, महीनावारी भएको समयमा प्याड नहुँदा विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।’ सरकारले नि:शुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरीद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई लक्षित गरी वितरण शुरू गरेपछि किशोरीहरू खुशी भएका हुन् । घोराही–१७ मावि चौघेरामा कक्षा ८ मा अध्ययनरत रुपा वली महीनामा चार दिन विद्यालय आउन्नथिन् । ‘अब सधैं विद्यालय आउँछु, विद्यालयमा प्याड पाइने भएपछि पढाइप्रति चासो बढेको छ,’ उनले भनिन्, ‘हाम्रा लागि यति राम्रो कार्यक्रम आयो । अब त एक दिन नबिराई विद्यालय आउँछु ।’ किशोरीहरूको प्रजनन स्वास्थ्य तथा नियमित कक्षामा उपस्थितिका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाले कार्यान्वयन गर्दै आएका छन् । विगतमा विद्यालयले नै प्याड खरीद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षदेखि पालिकाले नै प्याड खरीद गरेर विद्यालयलाई उपलब्ध गराउन थालेको सामाजिक विकास महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरी ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरीद गरी सेनिटरी प्याड वितरण शुरू गरिएको छ । सोमवार रामपुर केन्द्र बनाएर १५ ओटा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरभित्रका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा वितरण गरिएको उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले जनाएको छ । बाँकी सामुदायिक विद्यालयमा तल्लो तहका कक्षा सञ्चालन हुने हुँदा सेनिटरी प्याड आवश्यक नरहेको महाशाखाले जनाएको छ । विगतमा विद्यालयलाई विद्यार्थी संख्या गनेर प्याडको रकम दिने गरेको थियो । सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रालाई नि:शुल्क प्याड वितरण गर्ने कार्यक्रम समावेश गरेर किशोरीको प्रजनन स्वास्थ्यमा लगानी थालनी गरेको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिए । चलू आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त विनियोजन भएको ८६ लाख ३९ हजार रुपैयाँ बजेटमध्ये हाललाई पालिकाले नै ८ लाख ४० हजार बराबरको सेनिटरी प्याड खरीद गरी पहिलो महीनाका लागि वितरण शुरू गरेको छ ।  रासस

उत्पादनमूलक उद्योगका समस्या सम्बोधन चाँडै : मन्त्री बडू

विराटनगर (अस) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उत्पादनमूलक उद्योगका समस्या चाँडै सामाधान हुने बताएका छन् । मन्त्री बडूले सेनिटरी प्याड, फलाम, पामतेल उत्पादन गर्ने उद्योगको सम्बन्धमा बजेटमा गरिएका केही व्यवस्थाले उत्पन्न हुने समस्याको समाधान चाँडै हुने बताएका हुन् । त्यसका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । उद्योग संगठन मोरङको ४९औं वार्षिक साधारणसभामा उद्योगी व्यवसायीले बजेटका कारण सृजित समस्या सुनाएपछि जवाफ दिँदै मन्त्री बडूले बजेटका सम्बन्धमा संसद्मा छलफल भइरहेको र पास भइनसकेकाले सेनिटरी प्याड, फलाम, पामतेल उद्योगीहरूको समस्याका विषयमा पनि छलफल हुने बताए । बजेट पास भइनसकेकाले समस्याको सामाधान हुने विकल्प बाँकी रहेको उनको भनाइ थियो । दाल, चामल मात्र होइन, तरकारी र अचार समेत आयात भइरहेका भन्दै उनले आत्मनिर्भरताका लागि निजीक्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । त्यसको शुरुआत गर्न ‘प्रधानमन्त्री राष्ट्रिय उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ ल्याइएको उनको भनाइ थियो । सो कार्यक्रममार्फत सरकार पनि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ भनेर लागिपरेको उनले बताए ।   उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले बिस्कुट, चाउचाउ उद्योगका लागि आयात हुने पाम आयलमा रोक लगाउनुपर्ने बताए । स्वदेशमै पाम उत्पादन गर्ने उद्योगहरूबाट बिस्कुट र चाउचाउ उद्योगलाई सहुलियतमा उपलब्ध गराउन सकिने अवस्था रहेको तथ्यांक उनले प्रस्तुत गरे । सेनिटरी उद्योग, फलाम उद्योग र वनस्पति तेल उद्योगका समस्यालाई सम्बोधन गरिदिन पनि उनले मन्त्रीलाई आग्रह गरेका थिए ।