काठमाडौं। गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन दिएको समयसीमा आज दिउँसो ३ बजे सकिँदैछ। शुक्रबार प्रदेशप्रमुख सीता पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। शुक्रबार नै विपक्षी चारदलले नयाँ सरकार बनाउन बहुमत सदस्य रहेको दाबी पेश गरिसकेका छन्। नयाँ मुख्यमन्त्रीका लागि ३१ सदस्यको हस्ताक्षरसहित कांग्रेस संसद कृष्णचन्द्र पोखरेलले दाबी गरेका छन्।