गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेको चर्चा छ ।
प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिँदा गण्डकीमा नयाँ ट्वीष्ट सुरु भएको हो ।
विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेस गरेको बताइएको छ ।
यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भएर सरकारको दाबी गर्दै बहुमत अर्थ...