रुसले आक्रमण तीव्र बनाएको युक्रेनको राजधानी किएभ सहित मरिपोल, खार्किभ र सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । ती सहरमा रहेका सर्वसाधारणलाई सहर छाडेर बाहिर जान सजिलो होस् भनेर स्थानीय समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गरेको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।
युद्धका कारण सर्वसाधरणको अवस्था चिन्ताजनक भएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविरामको निर्देशन दिनुभएको हो । रुसले युद्धविरामका बारेमा संयुक्त राष्ट्र सङ्घ, अन्...