रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ ।
युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो ।
आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ ।
किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेक...