गुल्मी - प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा गुल्मीमा भने आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन् । जिल्लामा चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट आचारसंहिता उल्लङ्घन भएकाे भन्दै उजुरी पर्ने क्रम बढ्दै गएको हो ।
निर्वाचन आयोगले जिल्लामा आचारसंहिता उल्लङ्घन गरे वा नगरेको विषयमा अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । बेल्वासेका अनुसार गुल्मीम...