काठमाडौँ । मिटरब्याजीविरुद्ध देशभरबाट २ हजारभन्दा बढी उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो। कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिए । मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको […]