अख्तियार इटहरीमा सबैभन्दा बढी उजुरी विराटनगर महानगरविरुद्ध

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्ध परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा विराटनगर महानगरपालिकाविरुद्ध भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ ।आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने ग