जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहविरुद्ध वडाध्यक्षहरु आन्दोलित

जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरु नगर प्रमुख लालकिशोर साहविरुद्ध आन्दोलित भएका छन् । नगरको सरसफाईमा नगर प्रमुख साह गम्भीर नभएको भन्दै वडाअध्यक्षहरू आन्दोलित भएका हुन् ।शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि नगरप्रमुख लालकिशोर साहले बोलाएको तर आफूहरुमाथि कुटपिट तथा दुर्व्यवहारको प्रयास गरेको भन्दै वडाअध्यक्षहरूले आपत्ति जनाएका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले जनकपुरधाम नगरमा थुपारिएको फोहोरले दुर्गन्धित बनाएको अवस्थामा आफूहरुले प

सम्बन्धित सामग्री

जनकपुरधामको मेयरमा पराजित साह प्रतिनिधिसभामा सिफारिस

१३ भदौ, जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित दुई जनालाई जनता समाजवादी पार्टी (जसपा) ले धनुषाबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका लालकिशोर साह र बलराम महतोको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको हो । लालकिशोर जसपाबाटै जनकपुरधामको मेयरका उम्मेदबार बनेका थिए भने स्वतन्त्रबाट उम्मेदवार बनेका […]

जनकपुरधाम उपमहानगरको नगरसभामा ४३ लाखको मासुमात्रै !

जनकपुरधाम उपमहानगरपालिकाले एक वर्षको अवधिमा नगरसभा बैठकमा ४३ लाखभन्दा बढी रकम मासुको नाममा मात्रै खर्चेर अनियमितता गरेको सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को प्रतिवेदन अनुसार जनकपुरधाम उपमहानगरपालिकाले नगरसभाको नाममा ४३ लाख ८ हजार १२८ रुपैयाँको खसी र ब्रोइलर कुखुराको मासु खर्च भएको देखाइएको हाे ।सो वर्षको नगरसभामा केही वडाध्यक्षसहितका जनप्रतिनिधिले गरेको विरोधका कारण तत्कालीन मेयर लालकिशोर साह पक्षका केही जनप्रतिनिधि र आमन्त्रित व्यक्ति लगायत अति

जनकपुरधाम उपमहानगरपालिका : मनोज साहको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकाको जारी मतगणनामा काँग्रेस बागी उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् । जनकपुरधामको १,२,३,४,५,६ र २५ वडाको मतगणना पश्चात् मनोज ३९५६ मत ल्याइ अग्रस्थानमा छन् । उनलाई एमालेका शिवशङ्कर साह हिराले २०८६ मत ल्याइ पछ्याई रहेका छन् । मनोज र हिराबीचको मतान्तर १८७० मतको छ । त्यस्तै लोसपाका मनोज चौधरी ११२६, स्वतन्त्र उम्मेदवार बलराम महतोले १११३ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साह ८७६ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले ४९३ मत ल्याएका छन् ।

लालकिशोर साहलाई पुनः जित्न गठबन्धनकै खड्गो

२६ वैशाख, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह जनकपुरका पेशेवर राजनीतिकर्मी हुन् । कलेज जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनकपुरकै रामसागर रामस्वरुप (रारा) बहुमुखी क्याम्पसको स्ववियू सभापति भइसकेका उनले २०४९ सालको स्थानीय निकाय निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिंदा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा मेयरमा उठेर हारेका साह […]

जनकपुर उपमहानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार लालकिशोर साह

जनकपुरधाम उपमहानगरपालिकाको निवर्तमान मेयर लालकिशोर साहले जनता समाजवादी पार्टीबाट मेयर पदको टिकट पाएका छन्।...

जनकपुरधाम उपमहानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले दिए राजीनामा

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राजीनामा दिएका छन्। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता कुमारी मिश्रले प्रमुख प्रशासकीय अधिकृतसमक्ष आज राजीनामा पत्र बुझाएका हुन्। नगप्रमुखसहित जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्षहरुले समेत राजीनामा दिएको उपप्रमुख मिश्रले बताइन्। ‘म…

पूरा भएन लालकिशोर साहले गरेका वाचा : न डिलक्स शौचालय बन्यो न सरोवर नै भए सुन्दर

जनकपुरधाम : मधेश प्रदेशमा रहेको कुल १ सय ३६ पालिकामध्ये केन्द्रमा पर्छ - जनकपुरधाम उपमहानगरपालिका। जनकपुरधाम मधेश प्रदेशको राजधानी पनि। यहाँका नगर प्रमुख हुन् लालकिशोर साह। उनले स्थानीय तहको प्रमुखका लागि निर्वाचन लड्दा जनता समक्ष कयौ नाराका साथै प्रतिवद्धताहरुको सूची पेश गरेका थिए। उनका आकर्षक प्रतिवद्धताकै आधारमा यहाँका जनताले विश्वास गरे। तत्कालीन…

वडाअध्यक्षहरुद्धारा जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी

जनकपुर, ६ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा वडाअध्यक्षहरुले तालाबन्दी गरेका छन् । उपमहानगरका सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाई कर्मचारीले दुव्र्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारीको विरुद्धमा नाराबाजी गर्दै तालाबन्दी गरेका हुन् । […]

जनकपुरधाम उपमहानगरपालिकामा जनप्रतिनिधिले नै गरे तालाबन्दी

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा असन्तुष्ट वडाअध्यक्षहरूले तालाबन्दी गरेका छन् । सफाई कर्मचारीले वडाअध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।जनकपुरधाम उपमहानगरपालिका ४ का वडा अध्यक्ष सुदर्शन सिंहलाई सफाइ कर्मचारीले दुर्व्यवहार गरेका थिए ।त्यसलगत्तै वडाअध्यक्षहरूले नगरप्रमुख लालकिशोर साह र सफाई कर्मचारी विरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेका छन् । वडाअध्यक्ष सिंहले आफ्नो वडामा गाई मरेकाले त्यसलाई हटाउनका लागि सफाइ कर्मचारीसँग आग्रह गर्दा

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ।साढे आठ करोडमा निर्माण गरिएको नव निर्मित भवनको नगरप्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।अहिले उपमहानगरपालिकाले विभिन्न छुट्टाछुट्टै भवनबाट सेवाहरु प्रदान गर्दै आएकोमा भवनको निर्माण पछि सबै प्रकारका सेवा एउटै भवनबाट प्राप्त हुने छन्।नयाँ भवनको निर्माण भएपछि सबै शाखाका कर्मचारीका लागि कोठा पुगेका छन्। सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्द