जनकपुरधामको मेयरमा पराजित साह प्रतिनिधिसभामा सिफारिस

१३ भदौ, जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित दुई जनालाई जनता समाजवादी पार्टी (जसपा) ले धनुषाबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका लालकिशोर साह र बलराम महतोको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको हो । लालकिशोर जसपाबाटै जनकपुरधामको मेयरका उम्मेदबार बनेका थिए भने स्वतन्त्रबाट उम्मेदवार बनेका […]

सम्बन्धित सामग्री

वडा सदस्यमा पराजित झा प्रदेशसभा सदस्यमा सिफारिस

धनुषा । गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन् । पछिल्लो स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका-४ मा वडा सदस्य पदमा पराजित दिपक कुमार झालाई (लोसपा)ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ […]

वडा सदस्यमा पराजित झा प्रदेशसभामा सिफारिस

गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन्।...

राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस

लोसपा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।

नेता निधिको नाम समानुपातिकमा सिफारिस

जनकपुरधाम : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति  विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ। नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए।निधि यसअघि २०७४ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए । अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

सुर्खेत क्षेत्र–१ बाट पूर्णबहादुर खड्काको नाम सिफारिस

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।  बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले उनलाई उम्मेदवार सिफारिस गरेको हो । खड्का सोही क्षेत्रबाट ०७४ मा एमालेका धुर्वकुमार शाहीसँग पराजित भएका थिए । शाही ३६ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । खड्का बाँके क्षेत्र नं.३ बाट पनि सिफारिस भएका छन् । यस्तै समानुपातिक तर्फ नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भ

झापा १ बाट विश्वप्रकाश सर्वसम्मत उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । शर्मा २०७४ को चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

कैलालीका एमाले अध्यक्षलाई कारबाही गर्न सिफारिस

काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कैलालीका अध्यक्ष रतनबहादुर थापालाई कारबाहीको सिफारिस गरिएको छ । थापामाथि गत स्थानीय चुनावमा एमालेका आधिकारीक उम्मेदवारलाई पराजित गर्न भुमिका खेलेको आरोप लगाइएको छ । एमाले कैलाली जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको हो । चुनावको बारेमा पार्टीले […]

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा तिमिल्सेना सिफारिस

नेकपा माओवादी केन्द्रको गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमिल्सेना ‘साकार’को सिफारिस भएका छन्। गाउँ कमिटीको बुधबार बसेको बैठकले अध्यक्षमा तिमिल्सेनालाई  सर्वसम्मत रुपमा सिफारिस गरेको हो।उपाध्यक्षमा भने पार्टीबाट कसैको नाम सिफारिस गरिएको छैन। माओवादी र काँग्रेसबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले उपाध्यक्षमा नाम सिफारिस नगरिएको हो। यसअघि निर्वाचनमा तिमिल्सेना २७४ मतले पराजित भएका थिए। उनी काँग्रेसका उम्मेदवार होमबहादुर रानामगरसँग पराजित भएका थिए।

माओवादीबाट कोहलपुर मेयरमा न्यौपाने सिफारिस

नेकपा माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको मेयरमा नरेन्द्र न्यौपानेको नाम सिफारिस भएको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम सिफारिस गरेको हो । यस्तै नगरको उपमेयरमा सर्वसम्मत नभएपछि चार जनाको नाम सिफारिस भएको छ । उपमेयरमा रेणुका खड्का, सावित्रा पुन, कौशिला कार्की र विष्णु चौधरीको नाम सिफारिस भएको हो ।२०७४ सालको निर्वाचनमा न्यौपानेले एमालेबाट उम्मेदवार भएका लुटबहादुर राउतसँग पराजित भएका थिए । त्यतिबेला मेयरमा राउत र उप मेयरमा काँग्रेसकी सन्जुकुमारी चौधरी निर्वाचित भएकी