काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागे