काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले दुई वटा विषयमा छलफल गरेको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राष्ट्रियसभा चुनाव र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।कार्कीका अनुसार बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील गरेको छ । आगामी माघ १२ गते १९ सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको उनले बताए ।र